सम्पर्क

जुरेपिडीतको राहत रकम फुकुवा

सिन्धुपाल्चोक जिल्ला २०७१ सालमा गएको जुरे पहिरो पीडितले लामो समय पछी राहत पाउँने भएका छन। जुरे पहिरो पीडितको नाममा जनस्तरबाट संकलित रकम सरकारले रोक्कागरी राखेकोमा फुकुवा गरी पिडीतलाइ बितरण गर्न स्वीकृत दिने निर्णय गरेको छ।मन्त्री परिषद्को असार ३१ गते शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने निर्णय गरेको जानकारी दिनु भयो । पीडितको नाममा २ करोड २४ लाख सरकारी खातामा रोकिएको थियो। सरकारले फुकुवा गर्ने निर्णयपछि अब ८ बर्षपछि पीडितहरुले सो रकम पाउने भएका हुन्। यस अघी पनी जिल्ला बिपद ब्यस्थापन समितीको सिफारिस अनुसार रकम फुकुवा भए पनी बितरण हुन सकेको थिएन । २०७१ साउन १७ गते अन्तर्राष्ट्रिय क्षेत्रमै हलचल मच्याउने गरी गएको जुरे पहिरो ले एक सय ४५ जनाको एकै चिहान बनाएको जुरे पहिरोको आगामी शुक्रबार (साउन १७) गते ९ वर्ष पुग्दै छ। हिरोमा बेपत्तामध्ये ३३ जनाको मात्र शव भेटियो। पहिरोबाट २ सय ४० परिवार प्रभावित भएको सरकारी तथ्यांक छ। परिवारका सदस्य र घरजमिनसमेत गुमाउने मुख्य पीडित मात्रै १ सय ५५ परिवार छन्।