सम्पर्क

सुनकोसी गाँउपालिक सभा स्थगित

सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाको गाँउसाभा आज सम्म पनी बस्न सकेको छैन । सुनकोशी गाँउपालीकमा अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले आफ्नो अडान नछोडि एकलौटि गर्न खोजे पछि गाउँ सभा स्थगित भएको वडा अध्यक्ष हरुले बताउँनु भएको छ।

गाँउसभा स्थगित भए पछि तुरुन्तै गाँउपालिका भित्र रहेका करारका कर्मचारीलाई साउन १ गते देखि हाजिर नगराउन भन्दै अध्यक्षको हस्ताक्षर मा एक बिज्ञप्ति निकालि ७ वटै वडालाई साउन १ गते देखि करारका कर्मचारीहरूको हाजिर नगराउँन अनुरोध गर्नु भएको छ । गाउँ कार्यपालिका को बैठकमै छलफल नगरि गाँउसभा बोलाई आफुखुसि निर्णय गर्न खोजे पछि बैठक स्थगित भएको उपाध्यक्ष कान्छि लामाले बताउनुभयो।
यस अघि निर्वाचित लगत्तै अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले तलव भत्ता नलिने गाँउपालिकाको सेवासुविधा नलिने सरकारि गडि नचड्ने भनी सार्वजनिक रूपमै घोषणा गर्नुभएको थियो।तर अहिले गाँउपालिकाबाट तेल र मर्मत खर्च ,ड्राइभर तलब गाउपालिकाबाट बाट लिने गरेको र कार्यपालिकाको निर्णय नगरि आफुखुसि बोलेरो गाडि महँगो भाडामा लिएको भन्दै वडाअध्यक्षहरु आक्रोसित हुनु भएको छ । उता पालिका का अध्यक्ष तिमल्सिनाले भने बिकासका कामहरुमा कुनै कमी हुन नदीन र पालिकालाइ पारदसीृताका साथ अगाडी बढाउँन आफु लागी परेको बताउँनु भयो । यस बिषयमा पालिकाका उपाध्यक्षले पालिकाको संबेदनसिल बिषयहरुमा कुरा उठान गर्दा छलफल नै गर्न नपाएको,निति तथा कार्यक्रम असार १० गते नै पारित भइ सक्दा पनि बजेटनिर्माण जस्तो बिषयमा कर्यापालिकामा छलफल नगरीकन ३२ गते लाई गाउसभा एकासी बोलाएको हुँदो गाउँसभा स्थगित हुन गएको बताउँनु भयो । सम्पुर्ण गाउँ पलिकाका विभिन्न क्षेत्रहरूमा कार्यरत गा पा श्रोत अन्तर्गतका करार कर्मचारीहारुलाई गा पा अध्यक्ष बाट निकालिएको सूचना अध्यक्षले गाउँपालिकाको कार्यपालिका बैठकमा कुनै निर्णय नभइ निकालेकोले नीति,विधि ,नियम र कानुन अनुसार कार्यपालिकाको निर्णय मात्र अधिकारीक हुने हुँदा अर्को गाउँकार्यपालिकाको बैठक बसि यस बिषयसम्बन्धि अधिकारिक निर्णय गरिने बताउँनु भयो ।