सम्पर्क

लोकप्रिय समाचारले मनायो बार्षीक उत्सव

सिन्धुपाल्चोक बाट प्रकाशित एक मात्र राष्ट्र्यि दैनिक पत्रीका लोकप्रिय समाचार दैनिकले आफ्नो बार्षीक उत्सव मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ मा रहेको जयमाता चण्डेश्वरी होटलको सभाहलमा आफ्नो दशौ बार्षीक सभा मनाएको हो । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा उत्सव समारोहभएकोथियो । समारोह मा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरकारी कार्यलयका कार्यलय प्रमुखहरु, जिल्लाका जनप्रतिनिधीहरु, नेपाली काँग्रेस दोलखा जिल्लाका पाटी सभापती बर्मा लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोबिन्द चौलागाइ, नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिप शङ्कर चौलागाइ, बरिष्ट पत्रकार हरी बहादुर थापा,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सस्थापक सभापती बिष्णु प्रसाद न्योपाने पत्रकार हरु तारा चन्द्र देवकोटा, अनिश तिवारी लगाएत को उपस्थिती रहेको थियो । सो अबशरमा जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ट, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत लगाएत निर्वाचित जनप्रतिनिधीहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा बिश्वकै सबभन्दा होचो मानीस मनोज गोर्खालि,जादुगर राजेन्द्र गिरीले मनोरन्जन दिलाउँनु भएको थियो । पत्रिकाका प्रकाशक सगुन बस्नेतको सभापतित्वमा भएको कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी बस्नेतले सञ्चार कर्मी साथीहरुले सत्य तथ्य समाचारलाइ जनता माझ लान पर्ने बताउँदै ठुला लगानीका छापा सञ्चार माध्यमहरु बिस्तारै खुम्ची रहेको अबस्थामा सिन्धुपाल्चोक जिल्लामा लोकप्रिय समाचारले दैनिक रुपमा पत्रीका प्रकाशन गरिरहेकोमा प्रकाशन समुहलाइ धन्यबाद दिदै यसको आयश्रोत भनेकै बिज्ञापन भएकाले सबैले यसलाइ बिज्ञापन दिएर सहयोग गर्न पर्ने बताउँनु भयो । बिशेष अतिथी प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले छापा पत्रिका निकाल्ने काम सजिलो नभएको यसमा राख्ने समाचारका आधारमा पत्रिकाको गुणस्तर हुने हुँदा सत्य तथ्य र खोजमुलक हुन पर्ने बताउँदै आफुले साना लगानीका छापा सञ्चार गृहलाइ र ठुलालाइ भेदभाव नगरी सबैलाइ समान व्यवहार गरिरहेको बताउँनु भयो । कार्यक्रममा कार्यलय प्रमुखहरुको तर्फबाट बोल्दै प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले सिन्धुपाल्चोकमा रहेका पत्र पत्रिकाहरु मध्य लोकप्रिय समाचार क्रियासिल रुपमा रहेको र यस ले आफ्नो प्रकाशनलाइ नियमित रुपमा अगाडी बढाइरहेकामा बिशेष धन्यबाद दिनु भयो । कार्यक्रममा दोलखा जिल्ला नेपाली काँग्रेसका सभापती बर्मा लामाले सिन्धुपाल्चोकबाट प्रकाशित लाकप्रिय समाचारले दोलखामा पनी समाचार दिन सफल रहेकोमा धन्यबाद दिदै आफ्नो तर्फबाट हुन र गर्न सक्ने सहयोग गर्ने बताउँनु भयो । कार्यक्रममा बोल्दै बरिष्ट पत्रकार हरी बहादुर थापाले ठुला लगानीका छापा सञ्चार हरु सञ्चालनमा कठीनाइ भइ रहेको अबस्थामा सिन्धुपाल्चोकबाट लोकप्रिय समाचार दैनिकले निरन्तरता दिइरहेकामा धन्यबाद दिदै स्थानिय सरकारले यस्ता सञ्चार गृहहरुलाइ सहयोग गर्नु पर्ने बताउँनु भयो । पत्रिकाका मन्दु थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा शुभकामना मन्तब्य दिदै नेपाल बार एशोसियन जिल्ला अदालत बार इकाइका सचिब इन्द्रावती गाँउपालिकाका प्रबक्ता शशीनाथ आचार्यले लोकप्रिय समाचारको निरन्तरताको प्रशंसा गर्देै पत्रिका नियमितताका लागी आफुहरुबाट गर्नसकने सहयोग गरिरहने बताउँनु भयो । कार्यक्रममा जनप्रतिनिधीहरुको तर्फबाट बोल्दै बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले छापा पत्रीकालाइ टिकाइ राख्न आफुहरुले गर्न पर्ने सहयोग गर्ने बताउँनु भयो ।सो अबशरमा नेपाल पत्रकार महासघंका केनद्रयि सचिब गोबीन्द चौलागाई ले लोकप्रिय समाचार दैनिकले नियिम पत्रिका प्रकाशन गरेर जनताको मन जित्न सफल रहेकोमा बिशेष धन्यबाद दिनु भयो । यसै गरी पत्रिकालाइ शुभकामना दिने क्रममा दोलखा जिल्ला पत्रकार महासघका सभापती दिप शङ्कर चौलागाइले पत्रिकाको श्रोत समाचार, बिज्ञापन भएकाले दुबै बिशयमा सबैले सहयोग गर्नु पर्ने बताउँनु भयो । स्वागत तथा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका सस्थापक सभापती बिष्णु प्रसाद न्यौेपानेले पत्रिका सञ्चालन गर्नू जोग नभएको बताउँदै मोफसलमा यसरी नियमित पत्रिका प्रकाशन गरिरहनु मा धेरै चुनौतीका सामना गर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा पत्रिकाका सम्पादक सन्तोषी बस्नेतले बार्षीक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने प्रबन्ध निर्देशक नेत्रबहादुर बस्नेतले मायाँको चिनो प्रदान गर्नु भएको थियो । पत्रिकाको बार्षीक उत्सव समारोहमा जिल्लाका १२वटै स्थानीय तहमा निर्बाचित जनप्रतिनिधीहरुलाइ बधाइ तथा शुभकामना दिइएको थियो भने क्यान नेपालका जिल्ला सचिब दिपक थापा राउटे, सिमान्तकृत लोपोन्मुख उत्थान प्रतिस्ठानका सत्यवती खडका, कुमार ओझा लगायत बिज्ञापनदाताहरुलाई सम्मान गरिएको थियो ।