सम्पर्क

ग्रीनसिटी अस्पतालले राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)का सदस्यहरुलाई निशुल्क उपचार गर्ने

सञ्जिव तामाङ (स्याङ्बो)/ काठमाडौं
राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) र टोखा नगरपालिका वडा नं १० बसुन्धारामा रहेको ग्रीनसिटी अस्पताल बिच राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा )का सदस्यहरुलाई अस्पतालले प्रदान गर्न सक्ने सेवा सुबिधामा छुट दिने बिषयमा मंगलबार सम्झौता भएको छ । सम्झौतामा अस्पतालले प्रदान गर्नसक्ने सेवा सुबिधामा तोकीएको प्रतिशतमा छुट तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पत्रकारको हकमा नोजाको बिशेष सिफारीसको आधारमा निशुल्क उपचारको ब्यबस्था मिलाउन अस्पताल पक्ष सहमत भएको छ । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगाना तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर मंगलबारबाट २ बर्षका लागि लागु हुनेगरी यो संझौता गरीएको हो । राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रलाई समेत सहयोग गर्न पाउनु आफ्नो लागि खुसिको कुरा भएको टण्डनले बताउनु भयो । सम्झौता अनुसार नोजामा आबद्ध मिडियाहरुले अस्पतालको बिज्ञापनमा ५० प्रतिशत छुट सहित प्रकाशन गर्नुपर्ने छ ।