सम्पर्क

खोलामा डुबेर तौथलीका एक किशोर बेपत्ता

सिन्धुपाल्चोकका एक किशोर सुन्दरीजल स्थित खोलामा डुबेर बेपत्ता भएका छन् । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका तौथलि घर भई बुढानिलकण्ठ नगरपालिका १२ कपन राधाकृष्ण मन्दिर नजिकै बस्ने १६ वर्षीय शुभमश्री प्रधान बेपत्ता भएका हुन् । शनिबारको समय भएकोले प्रधानसहित सातजना केटाहरू घुम्न सुन्दरीजल गएका थिए । अपराह्न करिब ४ बजेदेखि प्रधान बेपत्ता भएका प्रधानको खोजी कार्य जारी राखिएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।