जिल्लाको उत्तरी भेग हेलम्बु गाउँपालिकामा रातिको वर्षाका कारण हेलम्बु ४ स्थित ग्याल्थुम बजारमा हेलम्बु राजमार्ग यातायात सेवा दिनभर अबरुद्ध भएको पछि खुलेकाे छ । हेलम्बु गाउँपालिका वडा नं. ४ को ग्याल्थुम बजारको मुख्य घुम्तीमा शुक्रबार राति परेको वर्षा र मेलम्ची नदिको कटानले हेलम्बु राजमार्गको करिव पचास मिटर भन्दा बढि सडक नदीले काटेर हेलम्बु राजमार्ग चल्ने बस तथा अन्य सवारी साधनगरी लगभग दुई सय भन्दा बढी दुईतर्फ सवारी साधनहरु दिनभर ग्याल्थुम बजारमा रोकिएका थिए । सडक अबरुद्ध बनेपछि उक्त क्षेत्रबाट यात्रामा निस्केका सयौ यात्रिहरु समस्यामा परेका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले विहान ६ बजे नै सडक कटान भएको जानकारी पाउँनसाथ दिनभर क्षतिग्रस्त स्थानमा बसी अवरुद्ध सडकलाई खुलाउन प्रयास गरिरहनु भएको थियाे। स्थानीय बासीले शनिबारको दिन पनि गाउँपालिका अध्यक्ष स्वयं उपस्थिती भई अवरुद्ध सडकलाई खुलाउन लागि पर्नुभएको देखेर खुशि व्यक्त गर्नुभएको थियो । हेलम्बु ४ ग्याल्थुमका स्थानीय बासी रामहरी लामिछानेका अनुसार गाउँपालिका अध्यक्षले निर्देशन दिनु भई सडक खुलाउन आफै खटिनुका साथै हेलम्बु प्रहरी प्रमुख कृष्ण प्रसाद तिमल्सिना शेरा चौकी प्रमुख हरि शरण बस्नेत सशस्त्र प्रहरी लगायत स्थानीय समाजसेवी युवा तथा बजारबासीले अबरुद्ध सडक खुलाउन उल्लेखनिय भुमिका निर्वाह गर्नुभएको थियाे ।
