सम्पर्क

भारतीय राजदुत बाह्र्बिसेमा ?

अरनिको राजमार्ग स्थित बाह्र्बिसे तातोपानी सडक नाजुक अबस्थामा रहेको छ । २०७२को भुकम्प जानु अघी सम्म अती ब्यस्त सडक अहीले मुस्कीलले बलेरो हरु र केही ट्रकहरु मात्र आबत जावत गर्ने गरेका छन । यो सडकको अबस्थाले गर्दा र नाका पनी सञ्चालनमा नहुँदा तातोपानी क्षेत्रको अस्तीत्व नै समाप्त हुन लागेको हो की भन्ने भान भइरहँदा सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीले यो सडक निर्माणका लागी पहल गर्ने भएको छ । यस सम्बन्धमा नेपालको चिन सँगको ब्यपारको मुख्य नाकाको रुपमा रहेको तातोपानी नाका पहीला झै सुचारु गर्न आबश्यक पहल गर्न नेपाल भारत मैत्री तथा मानव बिकास संघले चासो देखाएको छ । शनीबार संघका अध्यक्ष सुर्य भुसाल,जिल्ला सम्मन्वय समितिका प्रमुख बाल कृय्ण श्रेष्ठ ,बार्हबिसे नगरपालिका का प्रमुख बालकृष्ण बस्नेत बिच छलफल भएको छ।छलफलमा सडक ब्यवस्थित गर्नका लागि स्थाई रणनिति बनाएर यसको स्थाईत्वको लागि पहल गर्न पर्ने बताउँनु हुँदै यसको समाधान तत्काल गर्न आबश्यक रहेको बार्ह बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनुभयो । जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले यो समस्या समधानका लागी कुटनितीक पहल हुन जरुरी रहेको बताउँनु भयो । नेपालको आर्थीक समृद्धका लागी नेपाल भारत बिच साझा अबधारणा बनाउने बिषयमा केन्द्रीत रहेर बिभिन्न स्थानहरमा कार्यक्रम गर्दै आइरहेको मैत्री सघंले राजधानीबाट तातोपानी जाने सडकको अबस्थालाइ मध्यनजर गर्दे यस्को समाधानका लागी आफुले पनी पहल गर्ने बताउँनु भयो । स्वराज्य मेल मिलाप अभियानका केशब प्रसाद चौलागाइ, लोकप्रिय समाचारका प्रबन्धक नेत्र बस्नेत सहीत भएको छलफलमा नेपालका लागी भारतीय राजदुतलाइ समेत निमन्त्रणा गरी उक्त स्थानीय बिकासका लागी भारत सरकार सँग पनी सयोगका बिषयमा छलफल अगाडी बढाउँने बिषयमा छलफल भएको छ । भुकम्प पछी भएको भन्सार नाकाको गतीरोध हटाइ गरिब निमुखा तथा व्यवसायीहरुलाइ हित हुने काम गर्न सबै मिलेर अगाडी बढ्ने त्यसका लागी आआफ्नो क्षेत्रबाट हुन सक्ने सहयोग गरिने भएको छ ।