सिन्धुपाल्चोक जिल्लाको जुरे पहीरोमा परी पिडीत भएका पिडीतलाइ लामो समय पछी पिडीतको नाममा सङ्कलन भएको राहत रकम यस पटक भने पाउँने भएका छन । सरकारले रकम सङ्कलन गरेको खाता रोक्का राखी रहेकोमा फुकुवा गरे पछी उक्त रकम पाउँने भएको हो ।
२०७१ साउन १७ गते राति भीषण पहिरोमा परेर जनधन गुमाएका पीडित परिवारले जनस्तरबाट सङ्कलित रकम पाउने भए पछी जुरे पहिरोपीडित हर्षित भएका छन्। जुरे पहिरोपीडितको पुनर्बासका नाममा लोकप्रिय समाचार सहीत जनस्तरबाट दुई करोड २४ लाख रुपियाँ सङ्कलन भएको थियो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जुरे पहिरोमा कुन पीडितको के कति जनधनको क्षति भएको हो, त्यसबारे पुन: छानबिन गरेर पीडितको पक्षमा काम गर्ने भन्नेमा समिति रहेको जानकारी दिनुभयो । मन्त्रालयबाट जे–जस्तो परिपत्र आउँछ, सोहीअनुसार पीडितका पक्षमा काम गर्ने प्रजिअ खनालले बताउनुभयो। उक्त पहिरोमा बलेफी गापा–८, बाह्रबिसे नगरपालिका–९ राम्चे, त्रिपुरासुन्दरी गाउँपालिका–६ का गरी १४५ जनाको मृत्यु भएको थियो । उक्त पहिरोमा ३३ जना बालबालिकाको निधन भएको थियो । १५६ बढी घर क्षति भएको थियो । पहिरो गएको आठ वर्षसम्म पीडितहरू सार्वजनिक स्थानमा टहरा बनाएर बसेका छन्।
