सिन्धुपाल्चोक जिल्ला चौतारामा भएको नेकपा एमाले सिन्धुपाल्चोक प्रतिनीधि सभा २ को क प्रदेशको वैठक ले नेकपा एमालेलाइ आगामी निर्वाचनमा प्रदेश २क मा पहीलो पाटी बनाउँन बिभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
आइतावार चौताराको पार्टी कार्यालयमा नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य डम्वर अर्यालको प्रमुख अतिथ्यतामा भएको भेलाले पार्टी जिवनका आन्तरिक विषयलाई व्यवस्थीत गर्ने र संगठानिक कार्यलाइ गतिशील वनाउने निर्णय गरेको छ । नेकपा एमाले सिन्धुपाल्चोक प्रतिनीधि सभा २ को क प्रदेशका संयोजन शिवहरी सापको गर्नु भएको थियो । हिरा चौलागाई ले सञ्चालन गर्नु भएको प्रमुख अतिथी, नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य डम्वर अर्यालले पार्टीलाई वलियो र अनुशासित वनाउँनको लागि सवै नेता तथा कार्यकर्ताहरु वैचारिक र संगठानिकरुपमा अगाडी वढ्न पर्ने वताउँनुभयो।
