सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकष्ढी नगरपालिका १ साविक स्याउले गा.वि.स. वडा नं.९बस्ने गेद बहादुर कार्कीलाइ प्रहरलिे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार २०६३ मसीर २६गते कुटपिट र अङ्ग भङ्ग मुद्धामा २ बर्ष कैद सँजाय भएकोमा मा कैद सजाय नभोगी फरारा रहेकोले पक्राउ गरि अदालत पेस गरेको हो ।
कार्कीलाई फरार रहेको १६ वर्ष पछि यस जि प्र का सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले मिति २०७९श्रावण ७ गते दिनको ४ बजेको समयमा जिल्ला भक्तपुर ,भक्तपुर नगरपालिका वडा नं.१ सल्लाघारीबाट पक्राउ गरि २०७९श्रावण ८ गते सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको छ ।
