सम्पर्क

बस्नेतको निर्देशनमा बगरअनुगमन अबैधउत्खखनलाइ कार्बाही

 

जिल्ला सम्मन्वय समिती सिनधुपाल्चोकले सरकारले रोक लगाएको अबस्थामा लुकी छिपी नदी जन्य पदार्थ उत्खनन गरि रहेको स्काइभेटर सहीत केही क्रसर ब्यवसायीहरुलाइ कार्बाही गरेको छ । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ सुरक्षाकर्मी सहीतको टोलीले शुक्रबार सुकुटे , चेहेरे बाह्र्बिसे बलेफी भोटेकोशी नदीमा सरकार द्धारा बन्देज गरेको अबस्थामा नदी जन्य पदार्थ उत्खनन गरेको छ की छैन भनी अनुगमन गरेको थियो । यसै गरि आइतबार मेलम्ची इन्द्रावती को बगर अनुगमन गरिउको जिल्ला सम्मन्वय समिती सचिवालय प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनु भयो । नदी दोहन रोक्न का लागी जिल्ला सम्मन्वय समिकतीका प्रमुख सहतिको टोली बगर जाँदा अबैध रुपमा निकालीएका वालुवा बगरमा देखीएको तर वालुवा निकाल्न लगाउाने र निकाल्ने दुबै नभएकाले तत्काल कार्बह ीगर्न नसकेको भएता पनी त्यस्ता लाइ कार्यलयमा बोलाएर काबृही गर्न लागीएको श्रेष्ठले बताउँनु भयो । सरकारले असार साउन भदौ सम्म नदीवाट कुनै पनी बस्तु निकाल्न नपाइने व्यबस्था गरेको भएता पनी लुकी छिपी यस्ता येर कानुनी काम गरेको , पुल मुनी बाट बालुवा झिक्ने गरेको गुनासो आए पछी पुबृ मन्त्री समेत रहनु भएका नेपाली कााग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको निर्देशनमा शुक्रबार गएको अनुगमन टोलीले बाह्र्बिसे नगरपालीका ५ खोरङ्ग स्थित मध्य भोटेकोशी आयोजनाको चाइनिज ठेकेदारले भोटेकोशी नदीमा उत्खनन गरिरहेको अबस्थामा ना २ क५५४६स्काइभेटर नियन्त्रणमा लिइ कार्वाही गरेको छ । जिल्ला सम्मन्वय समिती र इलाका प्रहरी कार्यलय बाह्र् बिसेको सयुक्त टोलीले नियन्त्रणमा लिएको स्काइभेटरलाइ अब आइन्द नियम बिपरित काम गरेमा कडा कार्बाही भोग्ने शर्तमा रु एकलाख नगद जरिवाना लिइ छाडीएको सचिवालय प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार् प्राय राती राती उत्खनन भएको भन्ने सुचना प्राप्त भएको र जिल्ला सम्म्न्वय समितीले यसका लागी बिशेष योजना बनाएर अनुगमन गर्ने र तत्काल कार्बाही गरिने देखी लिएर अटेर गर्नेको साधन समेत जफत गरी क्रसर उद्योग खारेजीको समेत प्रकृया अगाडी बढाउँने भएको छ ।