सम्पर्क

पुर्ब मन्त्री बस्नेत द्धारा पुर्जा बितरण

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाको भित्र बस्ती जोखिममा परेकाहरुको लागी बस्ती स्थानन्तरण गरी घर निर्माण गर्ने ब्यबस्था मिलाइदिने प्रतिबद्धता जनाउँनु भएको छ । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाद्धारा आयोजित लाजपुर्जा वितरण कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । सो अबशरमा नेपाली काँग्रेरसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिका–७ टंसारका पूर्णबहादुर देउजा, तीर्थबहादुर भण्डारी, दलबहादुर देउजा, रुकुना ठकुरी, भोजबहादुर देउजा, पूर्णबहादुर भण्डारी, गणेशबहादुर देउजा, लक्ष्मी भण्डारी, हर्कबहादुर बिक, रामबहादुर कामी, बालकुमारी देउजा, टीकाबहादुर भण्डारी, नरबहादुर भण्डारी, सपना खत्री देउजा गरी १४ जनालाइ लाजपूर्जा बितरण गर्नु भयो । २०७७ साल भदौमा भीषण पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न का लागी जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनुभयो। उँहाले नौ वटै वडाको वाडिपहरो पिडितमा परेका वस्ती ५१ वस्तीका पिडित घरधुरी संख्या १७४७ घरधुरी रहेको र उक्त १७४७ घरधुरीमा करिव ८०५० जनसंख्या रहेको बताउँनु भयो । भौरर्भिक अध्ययन र प्राविधिक प्रतिवेदन वडाको जानकारी अनुसार वडा नं. १ को २ घर वडा नं. ३ को १६ वडा नं. ५ को २४ र वडा नं. ७ को १५ गरी जम्मा ५७ परिवारलाई पुनर्वास गर्नुपर्ने भएको भएता पनी मा वडा नं.७ को १४ घरधुरी लाई सोमबार जग्गा धनिपुर्जा दिइएको हो । घर पुनर्निर्माण गर्नुपर्ने जम्मा घरधुरी १०४ रहेको छ । सवैको सम्झौता भैसकेको छ । १०४ घरधुरी मध्येका ५० घरधुरीले प्रथम किस्ता प्राप्त गरेका छन् ।पिडितले पुनर्वासको लागि जग्गा खरिद गर्न ३ लाख र घर निर्माणको लागि ५ लाख गरि ८ लाख पाउने छन् ।घर पुनर्निर्माण गर्नका लागि मात्र ५ लाख पाउने छन । नगरपालिकाको सिमित श्रोत साधनले गर्दा एकै वर्ष सहयोग गर्न नसकिने हुदा यस आ.व.वाट पहिलो प्राथमिकतामा राखी नियमित गर्दै लैजाने समेत सो अबशरमा नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो । अन्य विस्थापितलाई पनि सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिने र घर बनाउन असोजमा उनीहरुलाई रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।२०७७ भदौमा गएको पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गर्ने कार्यक्रममा नगरपालिकाका उप प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले अन्य विस्थापितलाई पनि सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गर्न निर्देशन दिनु भए बमोजिम जग्गा खोजि गरी लालपुर्जा बितरण गरिने र घर बनाउनका लागी असोजमा उनीहरुलाई रकम उपलब्ध गराउने योजना रहेको नगरउपप्रमुख मन्जु तामाङ्गले बताउनुभयो । नेपाली कांग्रेस नेता एवं महाधिवेशन प्रतिनिधि एबम् स्थानिय युधिर पौडेलले अव सुरक्षित स्थानमा आवास निर्माण गरी सुरक्षित रुपमा बस्न पाइने पिडीतहरुको आसा पलाएको बिश्वास ब्यक्त गर्नुभयो ।यो वस्ती स्थानन्तरणका लागी २०७७साल देखी नै प्रती बद्ध परियोजनाले सहजी करण गर्दै आएको र अब पनी बिपद ब्यस्थापनका लागी नगरलाइ सहजी करण गरिरहने प्रतिबद्धका फिल्ड संयोजक सीता भुजेल ले बताउँनु भयो