सम्पर्क

अबैधरुपमा नदी दोहन गर्ने डोजर र टिपर नियन्त्रणमा

 

जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोक ले भोटेकोसी, सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा बग अनुगमन गर्ने क्रममा अबैध रुपमा नदी दोहन गरिरहेको अबस्थामा डोजर र टिपर लाइ नियन्त्रणमा लिइ कार्बही अगाडी बढाएको छ । पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले गैर कानुनी काम गर्ने जोकोही भए पनी कार्बाही गर्न निर्देशन दिनु भए पछी जिल्ला सम्मन्वय समितीले छड्के अनु गमनलाइ त्रिब्र बढाएको छ ।
बर्षतको समयमा बाढीपहिरोको उच्च जोखिम भएकाले असार १ देखि भदौ मसान्तसम्म नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने प्रावधान छ । तर सिन्धुपाल्चोकमा भने अटेर गर्दै केही क्रसर र बालुवा तस्करले दिनरात दोहन गरिरहेको अनुगमनको क्रममा पाइएको छ ।केही समयअघिदेखि भोटेकोसी, सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा दोहन भइरहेको भन्दै जनगुनासो आएपछि। केन्द्रीय सदस्य बस्नेतको निर्देशनमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, सचिवालय प्रमुख हेमन्त श्रेष्ठ सहितको टोलीले दिनहुँजसो स्थलगत अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा भोटेकोशकिो १डोजरलाइ नियन्त्रणमा लिइ अब गल्ती नदोहोर्याउँने शर्तमा रु एकलाख जरिवाना तिरी छुटेको थियो । पुन अनुगमनका क्रममा नदी दोहन गरिरहेको अबस्थामा सोमबार इन्द्रावतीमा उत्खनन् गरिरहेको ले प्रदेस ०३।००१ख७४६५नं र ग५ख ९८१नं को दुई वटा टिफर र स्काइभेटर डोजर सहित नियन्त्रणमा लिइएको छ । एक्स्काइभेटर र टिपरका चालक भने फरार रहेको जिल्ला सम्मन्वय सचिवालयका हेमन्त श्रेष्ठले जानकारी दिनु भयो । जिल्ला समन्वय समितीका प्रमुख बाल कृष्ण श्रेष्ठले अनुगमनका क्रममा भोटेकोशी सुनकोशीमा भन्दा पनी ‘इन्द्रावती र मेलम्ची क्षेत्रमा व्यापक दोहन भइरहेको पाइयो, बर्खामा दोहन गर्न नपाउने नीति हुँदा पनि त्यसलाई बेवास्ता गर्दै दोहन हुनु दुःखद कुरा भएको बताउँदै दोहन रोक्न कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरी अबैध काम गर्ने लाइ कडा भन्दा कडा कार्बाही गरिने बताउँनु भयो ।
धेरै जसो इन्द्रावति र सुनकोसी नदिमा दोहन भएको सुचनाको आधारमा उक्त क्षेत्रमा एक साता देखि गरीएको अनुगमनमा बन्देउ क्षेत्रको १ क्रसरमा २ वटा इस्काईभेटर र बालुवा सहितको टिपर दोहन गरेको अवस्थामा समतिएको हो । हिान ८ः०० बजे दोहन गरि रहदाँ जिल्ला प्रहरीलाई खवर गरि प्रहरी जाँदा इस्काईभेटरको चलाक भागेको र चाबी समान्त नसकिएको अबस्थामा प्रहरीले १ जना प्रहरी उक्त क्रसरमा खटाएको भनिएता पनि पुन २ घन्टा पछी सोहि इस्काईभेटरले दोहन गरि रहेको समन्वयन समितीका प्रमुख सहीतको टोलीले देखे पछी टोलीले प्रहरी र दोहन गर्नेहरुको मिलोमतो रहेको अनुमान लगाएको छ ।