सम्पर्क

गाँउ गाँउमा सरकार घरघरमा भत्ता

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० ले जेष्ठ नागरीक तथा असाय व्यक्तीहरको सुबिधाका लागी टमोल टोलमा नै बैङ्कको सुबिधा सहीत सामाजिक सुरक्षा भत्ता बापत पाउँनेरकम बि तरण गरेको छ । आइतबार र सोमबार गरी दूइ दिन सम्म चलेको एकीकृत घुम्ती सेवामा सामाजिक सुरक्षा भत्ता बितरण, सामाजिक सुरक्षा भत्ताको कागज नबीकरण, स्वास्थ्य बिमा, सम्पती कर, मालपोत कर लगाएत वडा कार्यलय बाट पाइने सुबिधाहरु लिएर टोलटोलमा वडा अध्यक्ष निलबहादुर तामाङ्ग सुमन वडा सचिब निरोज बिसुखें सहीत स्वास्थ्य कर्मी हरु टोलटोलमा आएर सुबिधा दिएकोमा जेष्ठ नागरिकहरु ख्ुाशी भएका छन । नोपली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेत ले नागरिकलाइ सके सम्म कुनै पनी सम्स्ष हुन नदीनु भन्नु हँुदेै हरेक दुखी कँहा पुग्न दिनु भएकोनिर्देशनको पालना गर्दै बैङ्कमा जाँदा आउँदा जेष्ठ नागरिक तथा असायहरुलाइ ज्यादै समस्या भएका कारण हामीले यस्ता समस्यालाइ समधान गर्नका लागी बैङ्कलाइ सँगै ल्याएर सामाजिक सुरक्षा भत्ता दिने काम गरेको र वडा बाट दिने सबै खाले सुबीधा दिएको वडा अध्यक्ष निल बहादुर तामाङ्ग सुमन ले बताउँनु भयो । ३१० जना ले सामाजिक सुरक्षा भत्ता लिने गरेको उक्त वडामा दुइ दिन सम्म चलेको शिबीरमा २०० भन्दा बढी सामाजिक सुरक्षा भत्ता दिनुका साथै परिचयपत्र नबीकरण गरिएका वडा सचिब बिशुखेंले बताउँनु भयो । उँहाका अनुसार ,४० घर परिबारले स्वास्थ्य बिमा गराएको ,२० वटा व्यबसाय दर्ता गरिउको उक्त कार्यक्रम सुकुटे ,साठी मुरे,कार्कीटार , जल्केनी , हर्रे लगाएतका टोलहरुमा सञ्चालन गरिएको थियो ।