सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ बाहुनेपाटीबाट बाटो बाट लडेर २जनाको निधन भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार ईन्द्रावती गा.पा.वडा नं. ५ नयाँ बस्ति जोड्ने झोलुङ्गे पुल क्रस गरी पैदल हिड्ने क्रममा.चौतारा साँगाचोकगढी न.पा. वडा नं.७ सानोसिरुबारी बस्ने बर्ष५० कि गोमादेवी धिताल र निज गोमा देबि धितालको बहिनि पार्वतीचालिसेको छोरा बर्ष अं. ५ को विशेष चालिसे एक्कासी चिप्लिंदा ईन्द्रावतीखोलामा खसी निधन भएको हो । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक का प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसरा निजहरु बेपत्ता भएको भन्ने खवर प्राप्त हुनासाथ खोजतलासको लागिखटिएको प्रहरी निरीक्षक सहितको टोलीले ४:४५ बजेको समयमा वालकविशेष चालिसे खसेको स्थानबाट अं. २ कि.मि. तल र गोमा देबि धितालखसेको स्थानबाट अं. ३ कि.मि. तल ईन्द्रावती खोलामा मृतक लास फेला परेको हो । बर्षातको बेला चिप्लो हुने गोरेटो बाटो हरु मर्मत गर्नुका साटो डोजर लगाएर बजेट सक्ने काम गरिरहेका जनप्रतिनिधीहरुले डोजर प्रयोग गर्नु भन्दा पनी यस्ता गोरेटा बाटाहरु मर्मत गर्ने तर्फ ध्यान जाने हो भने यस्ता घटना बाट अकालमा ज्यान जाने थिएन । त्यसैले जनप्रतिनिधीहरुले समयामा नै यस तर्फ ध्यान दिन पर्ने स्थानिय हरुको भनाइ रहेको छ ।
