सम्पर्क

नेत्रज्योती कृषि सहकारी संस्थाको ११ औं बाषिक साधारण सभा सम्पन्न

नेत्रज्योती कृषी सहकारी संस्था लिमिटेडको दशौं स्थापना दिवस एघारौं साधरण सभा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४ डडुवामा रहेको कृषि सहकारी संस्थाले सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथित्वमा सभा सम्पन्न गरेको हो । कार्यक्रममा विशेष अतिथिहरु चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापा, चौतारा सागाँचोकगढी सहकारी शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेल, घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख विश्वनाथ काफ्ले लगायतका रहनुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका १४ का वडाध्यक्ष उद्धव नेपाल तथा वडा सदस्यहरुको संस्थाका सदस्य जनप्रतिनिधि लगायतको उपस्थितीमा साधारण सभा कार्यक्रम सम्पन्न गरेको हो ।संस्थाको सचिव मोहन बहादुर बस्नेत (शम्भुले) ले प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले कार्यक्रममा बोल्दै सहकारी संस्थाले विगतको दिनहरुमा जस्तै आगमी दिनमा राम्रो गर्न सकोस् यसका लागी जिल्ला समन्वय समिती बाट हुन सक्ने सहयोग गर्ने भन्दै शुभकामना व्यक्त गर्नेभएको थियो । यसैगरी नगर उप प्रमुख सीता थापाले आम्दानीको एकमात्र श्रोत कृषी रहेको बताउदै कृषी उत्पादनमा सबै लागी पर्नु पर्ने बताउँनु भयो । घरेलु तथा साना उद्योग कार्यलय प्रमुख विश्वनाथ कफ्लेले नेत्रन्योती सहकारी संस्थासँग आवद्ध रहेर विभिन्न कार्यक्रम गरेको बताउदै आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । चौतारा सागाँचोकगढी सहकारी शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेले आफ्नो शुभकामना मन्तव्य राख्दै कृषकको लागि कृषी नै आम्दानीको मुख्य श्रोत रहेको बताउनुभयो । यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका १४ का वडाध्यक्ष उद्धव नेपाले आफ्नो गाउँमा रहेको कृषी सहकारीले दश वर्ष पुरा गरी एघारौ वर्षमा प्रवेश गरेसँगै वडाले पनी कृषीसँग आवद्ध काम गर्ने र आम्दानीको मुख्य श्रोत कृषी भएकोले कृषीप्रति आकर्षित रहनुपर्छ बताउनु भयो । कार्यक्रममा लोकप्रिय समाचारका प्रकाशक सगुन बस्नेत स्थानीय निर्वाचमा निर्वाचित वडाध्यक्ष यद्धव नेपाल। सदसइ रत्न बहादुर तामाङ्ग लगाएत जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना प्रदान गरि सम्मानित गरेको थियो । सस्थाका अध्यक्ष बाबुराम बस्नेतको सभापतितवमा भएको सभाले नयाँ कार्यसमिती समेत निर्वाचित गरेको छ ।