लाखौँ छ जन्म दिनको शुभकामना छ
जेठो सुपुत्र प्रिय बाबु महेशमा छ ।
ज्ञानी तिमी असल छौ अति हर्ष लाग्छ
तिम्रो स्वभाव जतिकै चुचुरो छ लाग्छ ।
माया छ औधि मनको मुटुमा बसेको
पाऊँ म देख्न जहिलै सृजना रचेको ।
काले भनेर नजिकै पुगि म्वाँइ खान्छु
अंगालिदिन्छु खुशिले म रमाइ दिन्छु ।
हे नाथ ईश्वर सदा भइ दाइनाहुन्
पाउँ म देख्न जहिले बनि ज्वोतिजून ।
आयूचिरञ्जिवि हवोस पुकार गर्छु
हे दैव ईश्वर सदैव म पाउँ पर्छु ।
घनश्याम नेपाल
चौतारा साँगाचोकगढी ४ कुबिण्डे ढुंगेकुवा ।