सम्पर्क

सुनकोशी गाँउपालिकामा शुक्रबार गाँउ सभा बस्दै

सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाको गाँउ सभा शुक्रबार बस्ने भएको छ । गत असार ३२ गते बस्ने भनिएको सभामा गणपुरक सख्ंयाको उपस्थिती नभएपछी १३ गते अर्थात शुक्रबार बस्न लागेको हो । पालिकाको सभा बस्न नसकेपछी पालिकाका हरेक कामहरु रोकिएका छन । पालिकाको बार्षीक निती तथा कार्यक्रम,बार्षीक बजेटको ब्यवस्था गर्न नसकेपछी पालिकाका कर्मचारीहरुलाई समेत समस्या उत्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले नागरिकको सरोकारका बिषय भएकाले यसलाई साधारण हिसाबले लिन नहुने बताउँदै गाँउसभा जस्तो महत्वपुर्ण सभामा आफुलाइ मनमा लागेका कुराहरु गर्न पाउँने र स्थानीय बिकासका लागी योजना बनाउाने काम हो यसका लागी शुक्रबार पालिकाको उपाध्यक्ष लगाएत सबै वडाका वडा अध्यक्षहरु उपस्थिती भएर गाउँ सभा हुनेमा आफु बिश्वस्त रहेको बताउँनु भयो । कुनै कारण सभा हुन सकेन भने सञ्चार कर्मीेहरु सहतिलाइ बोलाएर अन्तरक्रीया कार्यक्रम गर्दे पालिकाका बारेमा जानकारी गराउँने बताउँनु भयो । उँहाले गाँउ सभामा सहभागी भएर नागरिकका समस्यालाई सम्बोधन गर्नका लागी सबै जनप्रतिनीधीहरु सरोकारवालाहरु गम्भीर भएर लाग्न पर्ने बताउँनु भयो । गाँउपालिकाको उपाध्यक्ष कान्छी लामाले नागरिकहरुका सेवाका लागी निर्वाचनमा भाग लिएर निर्वाचित भएपछी नागरिकको समस्या समधान गर्न सकिएन भने निर्वाचित भएको अर्थ नहुने हुँदा यस तर्फ सबैले ध्यान दिन पर्ने बताउँनु भयो ।