नेपाल शिक्षक महासंघले बुझायो ध्यानाकर्षण पत्र
पृथ्वीजंग पाण्डे / चौतारा
नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले शैक्षिक उन्नयनका लागि जिल्लाभरको स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा ऐन नआएर देशभर शैक्षिक एकरुपता हुन नसकेपनी सिन्धुपाल्चोक जिल्लाभर शैक्षिक एकरुपता कायम गर्न तीन नगरपालिका र नौ गाउपालिकामा ध्यानाकर्षण बुझाउने कार्यक्रम अन्तरगत मेलम्ची, चौतारा तथा पाँचपोखरी लगायतले सोमबार बुझाएको र बाकी स्थानीय तहले पालिका प्रमुखको समय लिएर मंगलबार र बुधबारसम्म ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमारप्रसाद खतिवडाले बताउनुभयो । अध्यक्ष खतिवडाको अनुसार जिल्लाबाट फोकल पर्सन तोकि स्थानीय शिक्षक महासंघको अगुवाइमा स्थानीय स्तरमा रहेकोे शिक्षक संघसंगठनका पदाधिकारीको रोहवरमा पालिका प्रमुख , शिक्षा शाखा प्रमुख र कार्यकारी अधिकृत लगायतका जनप्रतिनिधिलाई ध्यानाकर्षण पत्र...
