रूपक पुरी
लैंगिक हिंसा विरूद्वकाे १६ दिने अभियान अन्तर्गत मेलम्ची नगरपालिका – ९ ज्यामिरेमा विधिध कार्यक्रम गरिएकाे छ । वडा शिक्षा समितिकाे अायाेजनामा भएको कार्यक्रममा प्रमुख अातिथ्यता ग्रहण गर्दै मेलम्ची नगरपालिकाका मेयर अाईतमान तामाङले लैंगिक हिंसा अन्त्यका लागि सबैले अा- अाफ्नाे घरवाट अभियानकाे सुरूवात गर्न अाग्रह गर्नुभयाे ।
कार्यक्रममा विद्यालयस्तरीय नाटक प्रदर्शन तथा अामा समुहको साँस्कृतिक प्रतियोगिता गरिएको थियाे । विद्यालयस्तरिय नाटक प्रतियाेगितामा जनता मावि प्रथम, सातकन्या मावि द्वितिय , गाेल्मेश्वरी अाधारभूत विद्यालयले सान्त्वना स्थान प्राप्त गरेका छन् । अामा समूहकाे साँस्कृतिक प्रतियाेगितातर्फ जनता मावि प्रथम, सातकन्या मावि द्वितिय र रक्तकाली प्राविले तृतिय स्थान हात पार्न सफल भए । कार्यक्रममा वडा अध्यक्ष किरणदिप खड्का, पूर्व वडाअध्यक्ष कमल बहादुर खड्का, जनता माविका प्रधानाध्यापक केदार विष्ट , पञ्चकन्या प्राविका विब्यस अध्यक्ष लिला बहादुर तामाङले शुभकामना मन्तब्य राख्नुभएको थियाे ।
नगरपालिका न्यायिक सदस्य सरिता पराजुलीकाे सभापतित्वमा भएकाे कार्यक्रममा वडा सचिव विष्णु गाैतमले स्वागत मन्तब्य राख्नुभएको थियाे भने कार्यक्रमकाे संचालन गाेल्मेश्वरी अाधारभूत विद्यालयका शिक्षक पाण्डव अधिकारीले गर्नुभएको थियाे ।
