नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नः१ क्षेत्रीय कार्य समितिको बैठक बाह्र्बिसेको कवडहलमा बस्ने भएको छ । १नं क्षेत्रीय उपसभापती देबेन्द्र खड्काका अनुसार निर्वाचन सकिए पछी मङ्सिर २१ गते बुधबार बिहान ११ बजे केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नः२ बाट निर्वाचित सासद माननीय मोहन बहादुर बस्नेत को प्रमुख आतिथ्यमा बैठक बस्न लागेको हो ।
बाह्र्बिसे कबड हलमा बस्ने बैठकमा क्षेत्र नः१ भित्रका महासमिति सदस्य हरु,महाधिवेशन प्रतिनिधिहरु क्षेत्रीय कार्यसमिति का सबै, क्षेत्र नः१ बाट जिल्ला कार्यसमिति मा प्रतिनिधित्व गर्नुहुने सबै पदाधिकारि तथा सदस्य हरु,प्रदेश क र ख कार्यसमिति का सबै पदाधिकारी तथा सदस्य र प्रदेश प्रतिनिधिहरु,नगर÷गाउँ पालिका का सभापति र कार्य समितिको सम्पुर्ण पदाधिकारी तथा सदस्य हरु,सम्पुर्ण इकाई सभापति हरु,क्षेत्रीय प्रतिनिधि हरु,निर्वाचित गाउँ÷नगर प्रमुख÷उपप्रमुख÷वडा अध्यक्ष÷वडा सदस्य÷स्थानिय तहका सबै उम्मेदवार हरु,भातृ तथा शुवेच्छुक सस्थाका सबै प्रमुख तथा प्रतिनिधि हरुको उपस्थितीमा बैठक बस्न लागेको हो । उपसभापती खड्काले एक सुचना प्रकाशित गरी समबन्धति सबैलाइ अनिवार्य रुपमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको छ । उँहाले फोनबाट जानकारी प्राप्त नभए पनी आफुले जारी गरेको सुचनालाइ आधार मानेर बेठकमा उपस्थित हुन सबैमा अनुरोध गर्नु भएको छ ।
