सम्पर्क

भेटेकोशी १६ दिने अभियान झिर्पुबाटशुरु

 

भेटेकोशी गाँउपालिकाले लैंगिक हिंसाको विरुद्धको १६ दिने अभियान झिर्पू माध्यमिक बिधालय बाट सुरुवात गरेको छ । भोटेकोशी गाउँपालिकाले पहिलो दिन गाउँपलिका उपाध्यक्ष श्री दिछेन शेर्पाको अध्यक्षतामा यो कार्यक्रमको शुरुवात गरेको हो । यो कार्यक्रम पालिकाका विभिन्न वडा तथा बिद्यालयहरुमा यो अभियान संचालन गरिने भएको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतले जानकारी दिनु भयो ।