’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइँएको छ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्ला महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सुनकोसी गाँउपालिकामा पनी बिशेष कार्यक्रम आयोजना गरिएको छ सुनकोसी गाँउपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको प्रमुख अतिथ्यतामा र उपाध्यक्ष कान्छिमाया लामाको बिशेष अतिथ्यतामा भएको थियो ।
वडा अध्यक्षहरु, ,स्वास्थ्यकर्मी,हरुको उपस्थितीमा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष तिमल्सिनाले स्वास्थ्य सामग्री,स्ट्रेचर लगायत सबै ठाँउमा सहज पुर्याउन प्रयत्नभै रहेको बताउनुभयो । उहाँले घरमै सुत्केरीहुने दरलाई न्यूनिकरणका लागिपनि पालिकाले काम गरिरहेको बताउनुभयो । उपाध्यक्ष लामाले स्वास्थ्य विमा निशुल्क गराउन पहल गर्ने बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख गोबिन्द हायुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सुविधा थपगर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्वयंसेविकाहरुलाई झोला, छाता, टर्चलाइट बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद द्लालले जानकारी दिनु भयो ।
