’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइँएको छ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाले पनी यस बर्षको १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अबशरमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपलिका अध्यक्ष श्री पासाङ नु्र्पु शेर्पा द्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको कार्यको उच्च मूल्याकंन गर्दै कदर पत्र समेत दिनु भएको थियो । उँहाले समुदायमा सबै भन्दा पहीले पुगेर समुदायको समस्या सँग जुध्नका लागी पुलको भुमिका निर्वाह गर्ने यो समुहले गरेका हरेक काम प्रशंसनिय रहेको बताउँदै पालिकाका हरेक नागरिकको स्वास्थ्य स्थिती मात्र होइन उनीहरुका हरेक समस्या महीला स्वयम सेवीकालाइ बढी थाहा हुने हुँदा समस्या समधानमा सहयोग पुगेको बताउानु भयो ।
कार्यक्रमका अबशर पारेर अध्यक्ष शेर्पाले उमेर हदका कारण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामा रहि कार्य गर्न असमर्थ रहनु हुने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई नेपाल सरकार बाट प्राप्त हुन आउने सुविधामा गाउँपालिकाले प्रोत्साहन बापत सुबिधा थप गरि सम्मान सहित बिदाई गर्ने जानकारी समेत दिनु भएको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतले जानकारी दिनु भयो। राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउदै आएका छन्।
विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन्। ।
