सम्पर्क

नवलपुरमा आँखा अस्पताल सँचालनमा आउने

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको नवलपुर बजारमा आँखा अस्पताल सँचालनमा आउने भएको छ ।
द फ्रिड होल्डर्स फाउन्डेसनको आर्थिक सहयोगमा तिलगंगा आखा प्रतिष्ठान मार्फत उक्त आँखा अस्पताल सँचालन हुन लागेको हो ।
जिल्लाका प्रमुख बजार मेलम्ची , बाह्रविसेमा समेत यस अघि ग्रामीण आँखा अस्पताल सेवा प्रारम्भ गरिसकेको प्रतिष्ठानले अबको केहि दिनमा इन्द्रावतीको नवलपुर बाट समेत ग्रामीण आँखा अस्पताल नियमित संचालन गर्ने कार्यक्रम रहेको तिलगंगा आखा प्रतिष्ठानका ईन्चार्ज नविन राजवंशीले जानकारी दिनुभयो । आगामी दिनमा उपचार केन्द्रको स्तरोन्नति गर्दै लाने र यस क्षेत्रमा रहेका हरेक प्रकारका आँखा रोगीलाई सुविधा दिने उद्देश्यले ग्रामीण आँखा अस्पताल स्थापना गरीन लागेको राजवंशीको भनाई छ ।