सम्पर्क

नेत्रज्योती कृषी सहकारीद्धारा मल वितरण

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालकिा वडा नं. १४ मा कृषकहरुका लागी आबश्यक पर्ने रासायनिक मल बितरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाबाट जम्मा ५ बोरा मात्र मल दिन कृषि सामग्री कम्पनी धुलीखेललाई सिफारिस गरेपनी उक्त मल नपाएपछी साल्ट ट्रेडीङ्ग कर्पोरेशन बनेपाबाट सिमति मल ल्याएर गाँउमा दामासाही बाडीएको नेत्रज्योती कृषी सहकारी संस्थाका जयराम नेपालले जानकारी दिनुभयो । उँहाका अनुसार मलको माग २००० बोरा हुन्छ आउँछ २० बोरा अनी कसलाई दिने कसलाई नदीने समस्या परेको छ । तर पनी हरेक ब्यक्तीलाई हिउदको सिजनमा लगाउँने आलु र गहुका लागी पाँच किलो भने पनी दिएको छ । नेत्रज्योेती कृषी सहकारी संस्थाका कृष्ण बहादुर नेपालले बताउँनुभयो । चौतारा साँगाचोकगढी नगरपालीकाले समयमा मल उपलब्ध गराउँनका लागी मल ल्याउन इजाजत लिएका सहकारीहरुलाई घुम्ती कोषबाट रकम दिइएको थियो । यसरी रकम दिने र मल भने कम दिने हुँदा किसानलाई मर्का परेको मात्र होइन रकमको पनी राम्रोसँग सदुपयोग भएको देखीएन भन्दै बज्रयोगिनी अपागंमैत्री सहकारी संस्थाका अध्यक्ष चतुर बहादुर तामाङले बताउँनु भयो । स्थानीय कृषक बलराम बस्नेतले गाँउमा सहकारीहरु धेरै छन तर कृषी सहकारी संस्था एउटै मात्र भए पनी त्यस सहकारीलाई स्थानीय सरकारले राजनितीक दृष्टीकोण राखेर हेर्ने गरेको हँुदा सहकारकिो कार्यक्रममा सहजता भएको छैन । गत बर्ष सहकारीले मल ल्याउँदा वडाले अरुलाई अनुदान दिएको र कृषी सहकारीलाई अनुदान दिएको थिएन । त्यस्तो वडाबाट पनी कृषी सहकारीलाई दिन पर्ने सहयोग समेत दिएको थियो ।