सम्पर्क

वक्तित्वकलामा प्रमिला प्रथम

सिन्धुपाल्चोक चौतारा बहुमुखी क्याम्पसमा र सामुदायिक विकास तथा वाताबरण संरक्षण मञ्च (CDECF) को संयुक्त आयोजनामा विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गतालाई सम्मान मानताको पहिचान विषयक वक्तत्वकला प्रतियोगिता गरिएको छ । आईतबार भएको प्रतियोगितामा चौतारा बहुमुखी क्याम्पसको प्रमिला विक प्रथम, रिया खत्री द्वितीय र कोपिला श्रेष्ठ तृतीय भएका छन् । सामुदायिक विकास तथा वाताबरण संरक्षण मञ्च (ऋम्भ्ऋँ) को सहयोगमा क्याम्पसले ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित प्रतियोगितामा शिक्षक विद्यार्थिहरुको सहभागिता रहेको थियो । विजयी विद्यार्थीहरुलाई (CDECF) का कार्यक्रम संयोजक र सहायक क्याम्पस प्रमुख जस्मीन लामाले पुरस्कार प्रदान गर्नुभएको थियो ।