बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. १ बस्ने ४२ वर्षीय सरोज कामी रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक चौताराबाट खटिएको टोलीले कामीलाई काठमाण्डा मनोहरा नगरपालिका वडा नं.७ मुलपानी स्थितबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार उच्च अदालत पाटनको १० माघ २०७७ को गतेको फैसलाले वैकिङ कसूर मुद्दामा कामीलाई कैद ७ दिन कैद सजाय र जरिवाना रु ४,००,०००।– (चार लाख) रुपैयाँ जरिवाना ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि पक्राउ परेका कामीलाई जिल्ला अदालत चौतारामा पेस गरेको र अदालतले निजलाई लागेको कैद ÷ जरिवाना सजाँय असुलका शुक्रबार जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।
