सम्पर्क

स्थानीय सरकारको साझेदारीमा काम गर्ने वन कार्यालयको निर्णय

 जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाहरुबिच डिभिजन बन कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको छ । बैठकमा बन्यजन्तु बँदेल र बाँदरबाट हुने गरेको क्षती का बारेमा कसरी नियन्त्रण गर्ने भन्ने बिषयले मुख्य प्रबेस पाएको थियो । बैठकले स्थानिय तहले डिभिजन वन कार्यालयसँग आफ्नो मिल्दोजुल्दो कार्यक्रम भए सञ्चालन गर्न चाहेमा पहिलो प्राथमिकता दिई साझेदारीमा ६०÷ ४० को सहभागीतामा कार्य गर्ने गराउने समेत निर्णय गरेको छ । डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको आयोजनामा शुक्रबार भएको बैठकमा बन समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा सबअ भक्त बहादुर श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो । डिभिजन बन अधिकृत समन्वय समितिका सदस्य सचिब पदम राज नेपालले स्थानिय स्तरमा गरेका काम कार्बाहिका बारेमा सामुदाय बन कार्यलयहरुले स्थानिय सरकारलाई जानकारि गराएर संस्थाको सक्रियता र कार्यक्रम बारेमा अगाडि ल्याउन पर्ने बताउनु भयो । सबअ कृष्ण बहादुर थापाले कार्यलयमा ४० प्रतिशत कर्मचारी कमी भएको छ । सबै काम तत्काल गर्न केहि समस्या हुन सक्छ तैपनि गत बर्ष माघ महिना देखि बन आगो नियन्त्रणको शुरुवात गरेकोले यस बर्ष बन डढेलोमा केही कमी आएको बताउँनु भयो । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले पहिलो कुरा माग के हो र सम्बोधन कसरी गर्ने भन्ने बिषयमा सरोकारवालाहरुसँग बसेर छलफल गर्न पाउँदा खुशि लागेको बताउँदै हरियालि नगर निमार्णका लागि नगरपालिका लागि परेको बताउँदै केही संस्थाहरू ब्यक्तिबादि जस्तो देखिएको छ । त्यसो हुनाको मुख्य कारण उपभोक्तालाई सक्रियता गराउँन नसक्नु हुन सकछ यसबारे सबै लागि पर्न र पर्ने बताउनु भयो । जनप्रतिनिधिहरु कर्मचारी र बन अभियानताहरु बिच छलफल गरेर गरिएको कामहरु स्थायीत्व र दिगो हुन सक्ने भएकाले यसका लागि साझेदारको रुपमा लगानि गर्न चाहान्छौ तर उपलब्धिमुलक काम हुन पर्ने बताउनु भयो । उहाँले जनचेतना मुलक कार्यक्रम गरेर स्थानिय स्तरमा बन सङ्रक्षणका लागि लाग्न पर्ने बताउनु भयो । बाँझो रहेको जग्गामा उतपादन मसलक काममा लगाउनुसँगै उत्पादन भएका बस्तुलाई बजारिकरण र आय आर्जनका बारेमा पनि सोचेर कार्यक्रम ल्याउन पर्ने बताउनुभयो । नगर प्रमुख सापकोटाले त्यसका लागि स्थानिय सरकार सहकार्य गर्न तैयार रहेको बताउँदै आयआर्जनका काममा हरेक क्षेत्रमा नगरपालिका सहयोग गर्न तयारि रहेका बताउनु भयो । सुक्खा रहेको सल्लोको सट्टा उत्पादन मुलक काममा अगाडि बढ्न पर्छ । जनताले पाउने सुबिधा र समुदायलाई फाईदा हुन काम गर्न आफू जुनसुकै जाखिम मोल्न तयार रहेको बताउनु भयो । जिल्ला सम्मन्वय समिति प्रमुख तथा बैठकका अध्यक्ष बालकृष्ण श्रेष्ठले जिल्लामा रहेको बन्य जन्तु, वन श्रोत, जैबिक बिबिधता र प्राकृतिक वातावरणको संरक्षण, ब्यबस्थापन तथा दिगो उपयोग साथै बिकाश र वातावरण बिच सन्तुलन कायम राख्ने कार्यमा सहजीकरण तथा समन्वय गर्नु जिल्ला वन क्षेत्र समन्वय समितिको भुमिका महत्वपुर्ण रहन्छ भन्नुभयो । बाग्मती प्रदेश सरकारबाट प्राप्त स्वीकृत वार्षिक कार्यक्रमहरु जिल्ला वनबाट तयार भएका वन विकाश योजना, वन संरक्षण तथा ब्यबस्थापनका कार्यक्रमहरु स्थानिय तह तथा अन्य सरोकारवाला निकायहरुसँग एक आपसमा छलफल तथा समन्वय गरी संचालन गर्दा पारदर्शि हुनुका साथै प्रभाबकारी भइ सफल हुने कुरामा बिश्वास गरेको बताउँनुभयो । साथै संचालित कार्यक्रमहरुको संयुक्त अनुगमनको ब्यबस्था हुन र कार्यक्रम संचालनका बखत आई पर्ने समस्याहरुको समयमानै समाधान खोजिनु उपयुक्त भएको बताउँनु भयो । सवअ शंकर राज गिरीले बैठकमा वन नियमावली २०७९ बमोजिम जिल्ला वन क्षेत्र समन्वय समिती रहने पदाधिकारीहरुको बारेमा जिल्ला वन क्षेत्र समन्वय समितिका काम कर्तव्य अधिकार बारेमा डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको कार्य क्षेत्र अन्र्तगतको वन क्षेत्रको विवरण बारेमा जानकारी प्राप्त गर्दै डिभिजन वन कार्यालय सिन्धुपाल्चोकबाट गत आ व २०७८÷०७९ मा भए गरेका कार्यक्रमहरुको प्रगती को बारेमा समिक्षा गरिएको निर्णय सुनाउँनु भएको थियो । यसैगरी डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका निमित्त आ व २०७९÷०८० मा प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय बाट प्राप्त कार्यक्रम हरुको बारेमा जानकारी भएको र यी कार्यक्रम सञ्चालन एंव कार्यान्वयन गर्दा डिभिजन वन कार्यालयले स्थानिय तह÷स्थानिय सरोकारवाला निकायहरुसँग एक आपसमा छलफल समन्वय तालमेल गरी कार्यान्वयन गर्न निर्देशन दिने स्थानिय तहले डिभिजन वन कार्यालयसँग आफ्नो मिल्दोजुल्दो कार्यक्रम भए सञ्चालन गर्न चाहेमा पहिलो प्राथमिकता दिई साझेदारीमा ६०÷४० को सहभागीतामा कार्य गर्ने गराउने समेत निर्णय भएको छ ।