सम्पर्क

भोटेकोशीमा बिपद ब्यवस्थापन सम्बन्धी छलफल

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यका विषयमा एक बृहत छलफल भएको छ । v6   v3   भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासङ नुर्बु शेर्पाको अध्यक्षतामा युरोपेली युनीयनको आर्थिक सहयोग पिपुल इन निड, सेभ द चिल्डेन इन्टरन्यासनल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र स्कट वील्सन नेपालको संयुक्त पहलमा भोटेकोशी गाउँपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा भएका असल अभ्यास, चुनौती र आगामी प्राथमिकताका विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । तातोपानी स्थित होटल स्मल हेभेनमा भएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यका विषयमा सामुहिक छलफल गरिएको सामुदायक आत्मा निर्भर सेवा केन्द्रका फिल्ड संयोजक सिता भुजेलले जानकारी दिनु भयो । कार्यक्रममा विपद्ले हाम्रा विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलाई कस्तो प्रभाव पारेको छ ? ति प्रभाव न्यूनीकरणका लागि के उपाय हुन सक्छन् ? र विपद् प्रतिकार्यमा सामाजिक सुरक्षा कार्यक्रमको संयन्त्र प्रयोग गरि कसरी छिटो, कम खर्चिलो र प्रभावकारी बनाई विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलई विपद् उत्तरदायी बनाउन सकिन्छ भन्ने उपायहरुको विषयमा छलफल भएको सामुदायक आत्मा निर्भर सेवा केन्द्रका गाउँपालिका संयोजकले बताउँनु भयो । कार्यक्रममा गाउँपालिकाका, उपाध्यक्ष दिक्षेन शेर्पा,प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेत, नेपाल रेडक्रससोसाइटी बागमती प्रदेसका कोषाध्यक्ष भरत बस्नेत भरत बस्नेत पालिकाका वडाअध्यक्षहरु , वडा सचिवहरु , कार्यपालिका सदस्यहरु र पालिकाका विषयगत शाखाका कर्मचारीहरु, , स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिीति रहेको थियो । कार्यक्रममा बिपद ब्यवस्थापनमा भोटेकोशी गाँउपालिकाले खेलेको भुमिकाका बारेमा स्पष्ट पार्दे पालीका उपाध्यक्ष दिछेन शेर्पाले पालिकाको भोगलिकका कारण समयमा समाग्री समबन्धीत स्थानमा लान समस्या भएको बताउँनु भयो ।कार्यक्रमको समापन गर्दै पालिका अध्यक्ष पासाङ शेर्पाले गाँउपालिकाभित्र रहेका सडक समस्याको स्थाइ समधान गर्ने सामाजिक सुरक्षा भत्ताका लागी गाँउ गाँउका सेवाग्रही हरुलाइ सके घर घरमा नसके टोलटोलमा नै बितरण गर्ने ब्यस्था मिलाउँन लागेको बताउँनु भयो । उँहाले बिगतमा कसले के गर्यो भन्ने होइन आफुले उदाहरणीय काम गरेर जनताको मनमा बस्ने गरी समृद्ध भोटेकोशी बनाउँने बताउँनु भयो । शेर्पााले यसका लागी पालिकामा सबै एकमत रहेको समेत स्पष्ट पार्नु भयो ।