सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेत द्धारा सुत्केरीमहीलाको निधनमा दुख ब्यक्त गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा न ४ नयाँ बस्ति निबासी २ महिनाको सुत्केरी महिला कविता थामि लाइ रुघा खोकी लागेर बेहोस भए पछी किस्टोन अस्पताल बाह्र्बिसेमा उपचारका क्रममा निधन भएको थियो ।
नगर प्रमुख बस्नेतले मृतकको थामी प्रती श्रदान्जली ब्यक्त गर्दै मृतककोे परिबारलाइ तत्काल किरिया खर्चबापत आफ्नो ब्यक्तिगतरू ३९०००÷– नगद प्रदान गर्नु भएको छ । उँहाले उक्त २ महिनाको बच्चाको लागि पौष्टिक आहार बापत नगरपालिका बाट २ बर्ष सम्म महिनाको रू ५०००÷–को दरले उपलब्ध गराउने र बच्चाको पठन पाठनका लागी नगरपालिका बाट टनत्रबृती समेतको ब्यवस्था मिलाइदिने बताउँनुभएको छ । नगर प्रमुख बस्नेतले यस अघी पनी यसरी आपतमा परेकाहरुलाइ ब्यक्तीगत रुपमा सहयोग गर्दे आउँनु भएको छ ।
