सम्पर्क

जेष्ठ १५ भित्र काम सक्न दुलालको निर्देशन

दोस्रो पटक प्रदेशसभा सदस्यमा बिजयी भएपछि नेकपा माओवादी युवा नेता युवराज दुलाल शरद ले विकासका काममा ध्यान केन्द्रित गर्न थाल्नुभएको छ । अघिल्लो पटक प्रदेश सदस्य जितेर वागमती प्रदेशका समाजिक विकासमन्त्री बनेपछि जनताको मत जित्ने गरी विकासे काम गर्नुभएका उहाँले यस पटक गठबन्धनका साझा उम्मेद्वार बनेर भारी मतले बिजय भए पछी अबको पाँच बर्ष बिकासको भारी जनतालाइ बोकाउँने तयारी थाल्नुभएको छ । अघिल्ला पाँच बर्ष आफूले सुरु गरेका विभिन्न विकासका कामलाई पूर्णता दिने र आउँदा दिनमा थप बजेट ल्याएर प्रदेशलाई जगमग बनाउने दुलालको योजना रहेको छ । मंगलबार माननीय दुलालले सिन्धुपाल्चोकको चौतारा छापमा निर्माणाधिन दिनेश–रामजी स्मृति बहु प्राविधिक शिक्षालयको अनुगमन गर्नुभएको छ । सिन्धुपाल्चोकमा शैक्षिक र प्राविधिक क्षेत्रमा नयाँ इतिहास रच्ने गरी निमार्ण भइरहेको शिक्षालय आगामी जेठ १५ गते हस्तान्तरण गर्ने गरी काम सक्न उहाँले निर्देशन समेत दिनुभयो । अनुगमनका क्रममा शिक्षालयका प्रमुख राम चन्द्र दाहालले भईरहेको प्रगती र ब्यवस्थापनको लागी आवस्यक पर्ने विषयबारे राख्नुभयो । शिक्षालयका जग्गा प्राप्ती ,खानेपानी, कपाउण्ड भित्र स्तम्भ निमार्ण ,पुस्तकालय लगायत आवस्यक सामाग्रीका लागी प्रदेशमा नया सरकार गठन भएपछि प्रस्ताव लगेर काम गरीने दुलालले बताउनुभयो ।बागमती प्रदेशको सामाजिक विकासमन्त्री हुदा युवराज दुलालको प्रयासमा यो शिक्षालय स्थापना गरिएको थियो । शिक्षालयले सिभिल इञ्जिनीयरिङ र सूचना प्रविधिका कक्षा विगत ३ वर्षदेखि संचालन गर्दै आईरहेको छ । पहिलो कार्यकालमा अपुरो यो योजनाले अब पूर्णता पाउने र यस शिक्षालयले सिन्धुपाल्चोकमा शैक्षिक र प्राविधिक क्षेत्रमा नयाँ इतिहास रच्ने स्थानिय बताउछन् । हाल शिक्षालयको कक्षा चौतारा बहुमुखी क्याम्पसमा सञ्चालन भई रहेकोमा आगामी शैक्षिक शत्रको साउन बाट नयाँ आफ्नै भवन बाट संचालन गरिने तयारी छ ।सार्वजनिक निमार्ण कार्यान्वयन एकाइ भैसिपाटीका प्रमुख चन्द्र प्रसाद लुईंटेलले तिब्र रुपमा सन्तोषजनक तरीकाले निमार्ण कार्य भईरहेको बताउदै निर्धारित समयमा काम पुरा हुने बताउनुभयो । भवन निमार्णको लागी मात्र १ अरव ३० करोड स्टमेट सहित दश ओटा फरक प्राविधिक विषयमा अध्ययन हुने लक्ष्य सहित दिनेश रामजी बहु प्राविधिक शिक्षालय स्थापना गरीएको हो । शिक्षालयले चौतारालाई शैक्षिक हब बनाउने भन्दै यो परियोजनाबाट स्थानिय उत्साहित भएका छन् ।