नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र नं २का प्रतिनिधी सभा सदस्य माननीय मोहन बहादुर बस्नेतले जनताको काम गर्ने मात्र नेता हुने बताउँनु भयो ।
उँहाले बिगतमा कसले के गर्यो कसले कसलाइ सहयोग गर्यो भन्ने होइन काँग्रेसको सगंठन कसले बनायो जनताको समस्या समाधान गर्न कसले काम गर्यो भन्ने कामको आधारमा मुल्याकंन गरेर नेता बन्न काँग्रेसका कार्यकर्ताहरुलाइ निर्देशन दिनु भएको छ । बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नः१ क्षेत्रीय कार्य समितिको बैठक लाइ सम्बोधन गर्दै उँहाले सिन्धुपाल्चोक जिल्लामा आफ्नो नेतृत्वमा रहेको गठबन्धनका सबै उम्मेद्वारलाइ जिताएर आफ्नो इज्जत र पावर बढाइदिएकोमा जिल्ला बासीलाइ बिशेष धन्यबाद
दिदै २ नं क्षेत्रका मतदाताहरुले आफुलाइ लगाएको गुन तिर्न हर प्रयास गर्ने बताउँनु भयो । उाँहाले १ नं क्षेत्रमा पनी याँहाका माननीयहरुले गर्न नसेकाका बिकासका कामहरु आफुले गर्न बताउँदै आफुहरुले मत दिएर जिताएका माननीयहरुलाइ ख्शीयाली माग्ने होइन बिकास माग्ने काम गर्न पनी जिल्ला बासीलाइ अनुरोध गर्नु भयो ।
उँहाले मतदातालाइ धन्यबाद दिने नाममा वडावडा जाने भन्दा पनी यो बिकासका कार्यक्रम सहीत धन्यबाद दिन जाँदा राम्रो हुने भन्दै सबैलाइ बिकासका कार्यक्रम मागन भन्नु भयो । उँहाले नेपाली काँग्रेसका इमान्दार र मेहनतीको सँधै मुल्याकंन हुने बताउँदै अब नेताको पछी लागेर नेता बन्ने होइन जनताको पछी लागेर नेता बन्न समिेत निर्देशन दिनु भयो । कार्यक्रममा बस्नेतले गठबन्धन भन्दैमा सँगै हिडीरहने होइन बिकासका कार्यक्रम हरु लिएर आउँन भँन्न पर्ने बताउँदै गठबन्धन ले काँग्रेसको सगठन बनाउँने होइन काँग्रेसको सगठन काग्रेसकै कार्यकर्ताले बनाउँने बताउानु भयो । उँहाले १ नं क्षेत्रका कााग्रेसका साथीहरुको मनोबल गिर्न नदीने समेत बताउँनु भयो । बागमती प्रदेस सभाका सदस्या माननीय मसिना खड्काले आफुले सकने बिकासका योजनाहरु आफुले हाल्ने
नसकने मोहन बहादसर बस्नेतले हाल्ने भएकाले बिकासका कामहरुमा लाग्न सबैलाइ अनुरोध गर्दै केही बिकास बिरोधीहरुले समाजिक सञ्जाल मार्फत ब्यक्तीगत चरित्र हत्या गर्ने खालका झुटा कुराहरु प्रचार गर्न लागेको हँदा त्यस्ता भममा नपर्न सबैलाइ आग्रह गर्नु भयो । कार्यक्रमका सभापतित्व गरिरहनु भएका नेपाली काँग्रेसका क्षेत्रीय सभापती तथा बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जिल्लाको ीबकासका लागी महोन बहादुर बस्नेतको बिकल्पमा अरु नेता नभएको बताउँदै आगामी निर्वाचनमा १ नजं क्षेत्रका सबै वडाहरुमा काँग्रेसले जित्ने गरी बिकासका कार्यक्रम गर्दै जनताको सेवामा लाग्न निर्देशन दिनु भयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्नु हुँदै क्षेत्रीय उपसभापती देबेन्द्र खड्काले निर्वाचन सकीए साँगै गठबन्धनको प्रचार सकिएकाले काँग्रेसको सगठन बनाउानज काँग्रेस एकलै लाग्न पर्ने भएकाले अब सबैको ध्यान काँग्रेसको सगठन अझ बलीयो बनाउँदै जनताको सेवामा लाग्न पर्नै बताउँनु भयो ।
क्षेत्रीय सचिब सञ्च बिर तामागंले सञ्चालन गर्नू भएको कार्यक्रममा बागमती प्रदेसका सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सचिब भक्तध्वज बोहोरा नेता डा प्रेमध्वज लामा लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य मोहन बहादुर बस्नेत र प्रदेस सभा सदस्य मसिना खड्कालाइ नगरका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत चुरा मणी पन्थी र नगर प्रमुख बस्नेतले सम्मान पत्रद्धारा सम्मान गर्नु भएको थियो भने नेपाली काँग्रेस क्षेत्रीय कार्य समिती द्धारा पनी सम्मान गरिएको थियो ।
