सम्पर्क

कैदीबन्दीको एच आई भी परीक्षण

३५ औँ विश्व एड्स दिवस मा सिन्धुपाल्चोकका कैदीबन्दीको एच आई भी परीक्षण गरिएको छ । । विहिबार विश्व एड्स दिवसको अवसरमा चौतारामा रहेका ७१ कैदीबन्दीहरूको परीक्षण गरिएको छ ।
। जिल्ला स्वास्थ्य र जिल्ला कारागार कार्यालयको संयुक्त आयोजनामा गरिएको परीक्षणमा नतिजा नेगेटिभ वा कोही कसैलाई पनि एच आई भीको संङ्कमण नरहेको स्वास्थ्य कार्यालय चौताराका प्रमुख अनुप अधिकारीले जानकारि दिनुभयो । बिहिबार नै आयोजित अन्तरक्रिया कार्यक्रममा चौतारा अस्पतालका प्रमुख डाक्टर त्रिभूवनचन्द्र झाले एच आई भीको उपचार एक मात्र भएपनि संक्रमित वा जोखिममा रहेकाको बचाउका अनेकन उपाय रहेकोले परीक्षण, उपचार र निदानमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।