हामि भाषण गर्ने मात्र होईन काम गरेर देखाउने भएकाले वडावडामा जाँदा मतदाताको माग लाई सम्बोधन हुने खालका साना ठुला काम लिएर जाने क्षेत्र नं. २ बाट नवनिर्वाचित मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।
यस पटकको निर्वाचनले नेपाली कांग्रेस मात्र होईन सबै सबै राजनिति दलहरुलाई नागरिकको समस्याप्रति बढी चासो दिन निर्देशन गरेको बताउँनु भएको छ । उँहाले बिकासका हरेक काममा जनतासँग रहेर दुख पर्दा साथमा रहन सके मात्र राजनेता हुने मौका मिल्ने बताउँदै बस्नेतले सिन्धुपाल्चोकको बिकासका लागि सबै मिलेर अगाडि बढ्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका गठबन्धन नगरसमितिले आयोजना गरेको मतदाता धन्यबाद कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उँहाले यस्तो बताउँनु भएको हो ।
कार्यक्रममा प्रकोपमा परेका पिडितलाई आफुहरु सकेसम्म सम्बन्धित पिडितलाई भेटेर दुखमा साथ दिने र बिकासकम काममा लाग्ने बताउँनु भयो । कार्यक्रममा बागमति प्रदेस सभाका सदस्य २ (१) बाट नवनिर्वाचित युवराज दुलाल शरदले गठबन्धनलाई निरन्तरता दिनका लागि केन्द्रीय नेतृत्वलाई भनी सकेको र सिन्धुपाल्चोकमा गठबन्धनलाई बिश्वास गरेर हामिलाई मत दियर बिजय गराउँनु हुने मतदाताको सम्मानका लागि पनि गठबन्धन टुट्न नहुने बताउँदै समृद्द जिल्ला निर्माणको लागि मोहनबहादुर बस्नेतको नेतृत्वमा रहेको गठबन्धन कायमै रहन पर्ने बताउँनु भयो । उहाले आफुले सक्ने बिकासका कार्यक्रम आफैले गर्ने र नसक्ने मोहन दाईले गर्ने बिश्वास दिलाउँदै जिल्लामा भएको हरेक समस्याको समधान गर्न बर्तमान गठबन्धन सफल रहने बताउँनु भयो । उहाले आफुहरूबाट कतै गल्ति भए खबरदारि पनि गर्न अनुरोध गर्नु भयो । चौताराको आहलडाँडामा भयको कार्यक्रम ईन्द्रलोचन धितालकको सभापतित्वमा सम्पन्न भयको थियो ।
यसै गरि मदाताहरुलाई धन्यबाद दिनका लागि ज्यामिरेमाने पुग्नु भएका नव निर्वाचित जनप्रतिनिधीहरुहरुलाई बाजागाजा सहित सम्मान गरिएको थियो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् ।
कार्यक्रम अनुसार मेलम्ची नगरपालीकाको सिन्धुभ्याली पिप्लेमा मंसीर १५ गते
बिहान ११ः०० बजे, हेलम्बु गाउपालीका ग्याल्थुममा मंसीर १६ गते दिउसो १२ः०० बजे र पाँचपोखरी थाङ्पाल गाउँपालिका ढापटार मंसीर १७ गते बिहान ११ः०० बजे मतदाताहरुलाई
धन्यबाद दिने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस २ नं.क्षेत्रिय सभापति आईतमान तामाङले जानकारी दिनुभएको छ ।
