सम्पर्क

सुुकुम्बासी समस्या तत्काल समाधान गर्न चार किसान संगठनको माग

देशमा रहेको सुकुम्बासी परिबारको सहि पहिचान र समस्याको न्यायपूर्ण समाधान गर्ने भन्दा पनि यो समस्यालाई एक वा अर्को किसिमले लामो समयदेखि आलेटाले गर्दै थाँती राख्ने, जटील तुल्याउने र यसलाई केवल सत्तामा जाने भर्याँङ्ग मात्र बनाउने काम सत्तामा रहँदै बस्तै आएका दलहरुले गर्दै आएकोले यो समस्या समाधानहीन भएर कचल्टिएको र बेला बेलामा यसले उग्ररुप लिने स्थिति सिर्जना हुने गरेको देखिदै आएको चार किसान संगठनले बक्तब्य मार्फत जनाएको छ ।सगंठनद्धारा जारी बक्तब्यमा
अहिले बागमति र बिष्णुमति किनारामा सुकुम्बासीको नाममा रहे बसेका परिबारको समस्याको मूल कारण पनि यही नै । अतः जो सुकुम्बासी परिबार हो त्यसको पहिचान सही पहिचान गरी बसोबास र रोजगारीको ब्यवस्था गर्नु र यो समस्याको सही समाधान खोज्नु राज्यको आधारभूत दायित्व हो । देशमा ८ लाख परिबारभन्दा बढी सुकुम्बासी रहेको स्वीकार गर्ने राज्यले यस दायित्वबाट पञ्छिन, अलग्ग रहन कदापि सक्दैन र रहनु हुँदैन ।
यसर्थ गाउँ, नगर, उपमहानगर या महानगरको कुनै पनि भागमा रहे बसेका यस्ता परिबारहरुको यथार्थ छानबिन गरी तिनको बैकल्पिक ब्यवस्था गरेर तत्काल समस्या समाधान खोज र यस समस्यालाई समाधानहीन राखेर पालिकाहरुसँग सुकुम्बासीहरुलाई जुधाउन बन्द गर भन्ने हामी चार किसान संगठन माग गर्दै र संघर्ष गर्दै आएका छौ र पुनः जोडदार जोडदार माग गर्दछौं । साथै सुकुम्बासीमाथि दमन बन्द गर्न र अप्रिय स्थिति सिर्जना हुन नदिन तथा बार्ताद्वारा समस्याको सही निराकरण गर्न पनि हामी सम्बद्ध सबै पक्षको जोडदार ध्यानाकर्षण गर्दछौं भनीएको छ ।