सम्पर्क

मेलम्ची खानेपानीद्धारा सतर्क रहन अनुरोध

मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ ।मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेर यस्तो अनुरोध गरेको हो । समितीले सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरू गरिएकाले उक्त पानी पथान्तरणका क्रममा हुन सक्ने सम्भावीत क्षेती बाट बच्नका लागी यस्तो सुचना जारी गरेको हो । समितीद्धारा जारी सुचनामा सुरूङ प्रवेश मार्गहरू सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको हो।गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरू गरिएपछी यो सुचना आएको हो ।