सम्पर्क

ब्रेकिङ न्युज २

न्यूनतम सेवा मापदण्डमा ९२ प्रतिशत प्राप्त गरि चौतारा अस्पताल नेपालकै उत्कृष्ट

ब्रेकिङ न्युज २, समाचार
  चौतारा अस्पताल गुणस्तर सुधारका लागी न्यनतम मापदण्डमा ९२ अंक प्राप्त गरि नेपाल कै उकृष्ट हुन सफल भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९२ अंक दिए संगै नेपालकै प्रथम हुन सफल भएको हो । अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ८ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट २०८० फागुन १ र २ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल सिन्धुपाल्चोकले ९२% प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम भएको हो । निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमन टोली प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नविन दर्नाल सहितको ५ सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा १०० प्रतिशत मध्ये ९२ प्रतिशत ल्याइ नेप...

चन्द्रावती आविका विद्यार्थीलाई न्यानो कपडा, झोला र शैक्षिक सामाग्री वितरण

ब्रेकिङ न्युज २, समाचार
नवलपुर चन्द्रावती आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीलाई न्यानो कपडा, झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । चन्द्रावती आधारभुत विद्यालय इन्द्रावती ८, गहतेको २६ औँ वार्षिकोत्सव तथा शैक्षिक मेला प्रदर्शनीको अवसर पारेर न्यानो कपडा, झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो । लायन्स क्लव काठमाण्डौ फेलोसिप र लायन्स क्लव काठमाण्डौ इन्टरप्रेनरसीपको आयोजनामा सो सामाग्री वितरण गरिएको हो । समाजसेवी मोहन बहादुर गिरिको सहयोगमा सो सामाग्री वितरण गरिएको इन्द्रावती ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयको २७ जना विद्यार्थीहरूलाई न्यानो कपडा (ट्र्याक सुट), झोला तथा शैक्षिक सामाग्री वितरण गरिएको समाजसेवी मोहन बहादुर गिरिले जानकारी दिनुभयो । साथै ८ जना शिक्षकहरूलाई न्यानो कपडा समेत दिइएको छ । हाल सम्म इन्द्रावतीका १ हजार भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्री, न्यानो कपडा ...

सुकुटेमा सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रको स्थापना

ब्रेकिङ न्युज २, समाचार
 सुनकोशी गाउँपालिका – ३ सुकुटे सेरा सिन्धुपाल्चोकमा सामुदायिक बनमा आधारित सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रको स्थापना भएको छ । सुनकोशी गाउँपालिकाको सहयोगमा साझा केन्द्र निर्माण भएको हो भने डिभिजन बन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा अटो सेमि दुना टपरी उत्पादन गर्ने डबल सिलिन्डरको मेसिन उपलब्ध भएको हो । अहिले सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रको व्यवस्थापन समितीले आधिकारिक रुपमा दर्ता गरि सञ्चालन गरिरहेको छ । साल्को पातबाट लाफा गासेर कच्चा पदार्थ तयार गरि दुना टपरी बोता उत्पादन गरि रहेको साझा केन्द्रका व्यबस्थापक शारदा प्रसाद चालिसेले बताउनु भयो । साथै कागजबाट पनि दुना बोता थाली प्लेट उत्पादन भएको छ । साझा केन्द्रको उत्पादन स्थानीय बजारमा बिक्री भईरहेको समेत उहाँले बताउनुभयो । बाताबरण संरक्षण प्लाष्टिक बिस्थापित गर्न धार्मिक सँस्कृतिकको संरक्षण गर्न महिलाहरुलाई आंम्शीक रोजगा...

संघीय सरकारको निर्देशन नमान्ने पालिका, पालिकाको निर्देशन नमान्ने वडा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
साँढेको जुधाई बाच्छाको मिचाई भने झै नेपालमा संघीयताको कार्यन्वयन पुर्णता नहुँदै केन्द्र सरकार र केही स्थानिय सरकारबिच आ–आफ्नै निर्णय लागु गर्ने प्रतिस्पर्धा चलेको छ । फागुन १ गते जनयुद्ध दिवसमा बिदा नदिने केन्द्रिय सरकारको निर्णयलाई चुनौती दिदै केही पालिकाहरुले बिदा दिएपछी पालिकालाई नै चुनौती दिदै मातहतका वडा कार्यालय खुलेका छन् । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका १४ वटा वडा मध्ये ८ वटा वडा कार्यालयहरु सञ्चालनमा रहेका छन् । वडा कार्यालय सञ्चालनमा रहे पनि नगरपालिकाको कार्यालय भने बन्द रहेको छ । सिन्धुपाल्चोकमा रहेको ३ वटा नगरपालिका मध्ये जिल्लाको सदरमुकाममा रहेको चौतारा साँगाचोकगढी नगरपालिका बन्द रहेको छ भने मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका खुल्ला रहेको छ । ् चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वटा वडा कार्यालयहरु खुल्ले रहेका छन् । नेपाल कम्युनिष्ट पाटी माओबादी...

चौसागढी न.पा. स्याउले र झ्याडीमा तालिम सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १स्याउले र वडा नं १४ एकीकृत नमुना बस्ती झ्याडीमा सिप मुलक तालीम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय र चौतारासागाचोकगढी न. पा. को संयक्त आयोजनामा चौसागढी १ स्याउलेमा स्थानीय कच्चापदार्थबाट ढक्की, फुलदानी, झोला लगायतका सामानहरु  नीर्माणको लागी तालिम सम्पन्न भएको छ ।तालिमको समापन समारोहमा स्थानीय २० जना महिलालाई प्रमाणपत्र समेत बितरण गरिएको छ । प्रमाण पत्र बितरण गर्दै वडाअध्यक्ष युवलाल श्रेष्ठले स्थानीय कच्चापदार्थबाट वनेका सामानहरू देख्दा भक्तपुर घुमेको अनुभव भएको बताउँनु भयो । उँहाले थोरै लगानीमा पनि यस्ता सामाग्री वनाउदा आम्दानिको बाटो खुल्ने वताउँनु भयो । यसै गरि उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले थोरै लगानिबाट पनि प्रशस्त आम्दानीको श्रोत वन्न सक्ने सीप सिकाउन पाउँदा खुशी लागेको बताउँनु हुँदै य...

नेपाल हिमालय सीमापार वाणिज्य संघमा कार्की

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशन वाट अध्यक्ष मा रामहरी कार्कि निर्वाचित हुनु भएको छ । कार्कीले लोपसाङ शेर्पालाइ १३ मतले हराउँदै आफु बिजय हुनु भएको हो । कार्कीले ४३४र शेर्पाले ४२१ मत पाउँनु भएको थियो । यसै गरी बरिष्ठ उपाध्यक्षमा गंगा बहादु घिमिरे ’सागर’प्रथम उपाध्यक्ष मा सुरेश श्रेष्ठ,उपाध्यक्ष मा सुजित बस्नेत,उपाध्यक्ष मा निरन्जन कृष्ण श्रेष्ठ,उपाध्यक्षमा ओमनाथ घिमिरे,उपाध्यक्षमा भरत कार्की,महासचिवमा रामचन्द्र पराजुली, सचिवहरुमा भरत बहादुर अर्याल ,विकास प्रसाद रिसाल, सुब्बा श्रेष्ठ, आङदोर्जे शेर्पा , तुलसी राउत ’श्याम’ कोषाध्यक्षमा लाल बहादुर बस्नेत ’सिद्धान्त’सहकोषाध्यक्षमा सुमन श्रेष्ठ रहनु भएको छ ।    ...

फागुन १ गते सार्वजनिक बिदा छैन ः गृह मन्त्रालय

ब्रेकिङ न्युज २, समाचार
सरकारले फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । सोमबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको जानकारी दिनुभयो । सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।...

पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन : मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, २७ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताउनुभएको छ । आज नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “पैसाको अभावमा उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने छैन, पैसा नभएर पनि उपचार गराउने जिम्मा सरकारले लिने छ ।” नेपाली नागरिकको जीवन रक्षाका लागि आफू र मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार गर्न नपाउँदा गाउँमै थन्किएको छु भन्ने दिनको अन्त्य भएको मन्त्री बस्नेतको भनाइ थियो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सुरक्षाका लागि म र मेरो मन्त्रालय सधैँ अग्रसर छ, म दाबाका साथ भन्छु, पैसा नभएर उपचार रोकिदैन, पैसा नभएर उपचार नपाएका मेरो सम्पर्कमा आउनुह...

सबै भन्दा ठुलो श्वेतभैरब चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा स्थानीय सम्पदा संरक्षण गुठीका अध्यक्ष समेत रहनु भएको रबन्द्रि श्रेष्ठले आफ्रनै घरको बाहीरी भागमा राख्नु भएको छ । जिल्लाको साँगाचोकगढी नगरपालिकाअन्तर्गत वडा नम्बर ५ स्थित पुरानो बजारमा प्राचीन गणेशस्थान र भिमसेनस्थान रहेकै चोक परिसरमा रहेको उँहाको घरमा श्वेत भैरबको ६ फिट अग्लो मूर्ति प्राणप्रतिष्ठासहित स्थापना गरिएको हो। मुर्तीकार मन लामाद्वारा निर्माण गराएर प्रतिस्थापन गरिएको मूर्तिको चौतारासाँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले अनावरण गर्नुभएको हो। उक्त आकर्षक मूर्तिको अनावरणपछि जिल्लाको प्राचीन बजार साथै सांस्कृतिक गतिविधिमा केन्द्रीत हुने गरेको चोकको स्वरुपमै नयाँपन आएको छ। जसले गर्दा स्थानीयमा नयाँ उत्साहको थपिएको छ।अनावरण समारोहमा स्थानीय तहका जनप्रतिनिधिहरुका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि साथै काठमाडौँ, भक्तप...

टाकुरे आगलागी पिडितलाई सहयोग रकम हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
नवलपुर इन्द्रावती गाउँपालिका वडा नं ४ का ४४ जना युवा व्यवसायीहरूले टाकुरे आगलागी पिडितलाई आर्थिक सहयोग गरेका छन् । उनिहरूबाट संकलित ७० हजार रूपैयाँ बुधवार पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । शुक्रवार विहान अन्दाजी ५ बजे इन्द्रावती ४ टाकुरेका व्यवसायी रामकृष्ण जगुरेलको आवास भवन, कुखुराको टहरा लगाएत अन्नपात, लत्ताकपडा र भाँडाकुँडा समेत आगलागीमा परेर भएको क्षति प्रति इन्द्रावती –४ का युवा व्यवसायीहरुले दःख ब्यक्त गरेका छन् । व्यवसायी माथी परेको दुःखमा मलम पट्टि लगाउने उद्देश्यले सहयोग संकलन गरिएको अरूण मोटरसाइकल वर्कशपका प्रोपाइटर युवा व्यवसायी अरूण लामाले जानकारी दिनुभयो । आगलागी पश्चात् इन्द्रावती ४ का युवाहरू एकजुट भएर सहयोग गर्ने निर्णय गरेको लामाले बताउनुभयो । समुदायमा बसेपछि एकले अर्कालाई सहयोग गर्न आवस्यक भएको विवेक नुडल्सका प्रोपाइटर कृष्ण बहादुर तामाङले बताउनुभयो । समुदायमा ...