सम्पर्क

नेपाल हिमालय सीमापार वाणिज्य संघमा कार्की

नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशन वाट अध्यक्ष मा रामहरी कार्कि निर्वाचित हुनु भएको छ । कार्कीले लोपसाङ शेर्पालाइ १३ मतले हराउँदै आफु बिजय हुनु भएको हो । कार्कीले ४३४र शेर्पाले ४२१ मत पाउँनु भएको थियो । यसै गरी बरिष्ठ उपाध्यक्षमा गंगा बहादु घिमिरे ’सागर’प्रथम उपाध्यक्ष मा सुरेश श्रेष्ठ,उपाध्यक्ष मा सुजित बस्नेत,उपाध्यक्ष मा निरन्जन कृष्ण श्रेष्ठ,उपाध्यक्षमा ओमनाथ घिमिरे,उपाध्यक्षमा भरत कार्की,महासचिवमा रामचन्द्र पराजुली, सचिवहरुमा भरत बहादुर अर्याल ,विकास प्रसाद रिसाल, सुब्बा श्रेष्ठ, आङदोर्जे शेर्पा , तुलसी राउत ’श्याम’ कोषाध्यक्षमा लाल बहादुर बस्नेत ’सिद्धान्त’सहकोषाध्यक्षमा सुमन श्रेष्ठ रहनु भएको छ ।