सम्पर्क

हेलम्बुमा २ दिने स्वास्थ्य शिविर सम्पन्न

हेलम्बु

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका –४ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाको आयोजना तथा कोरिया नेपाल मैत्री अस्पतालका डाक्टरहरुको प्राबिधिक सहयोग तथा डुनामिस चर्च हेलम्बुको समन्वयमा आइतबार र सोमबार भएको स्वास्थ्य शिविबाट ६ सय ४ जनाले सेवा लिएका छन् ।
उक्त शिवीरमा साधारण चेक जाँच, भिडियो एक्सरे सेवा, अक्कुपन्चर सेवा, दाँत निकाल्ने सफा गर्ने, सामान्य शल्यक्रिया, हर्निया हाइड्रोशिलको पहिचान र शल्यक्रियाको लागि नि शुल्क विमा र नि शुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बिदुर जोतिले जानकारी दिनुभयो ।
हर्निया, हाइड्रोसिल लगायत शल्यक्रिया गर्नु पर्ने १८ जनालाई बिमा बापतको प्रती ब्यक्ती रु ३५०० प्रदान गरिने जोतिले बताउनुभयो । हेलम्बुका ८ र मेलम्चीका १० जनालाई बिमा गरे पश्चात् उक्त रकम दिइने उहाँको भनाइ छ ।