सम्पर्क

चौसागढी न.पा. स्याउले र झ्याडीमा तालिम सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १स्याउले र वडा नं १४ एकीकृत नमुना बस्ती झ्याडीमा सिप मुलक तालीम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय र चौतारासागाचोकगढी न. पा. को संयक्त आयोजनामा चौसागढी १ स्याउलेमा स्थानीय कच्चापदार्थबाट ढक्की, फुलदानी, झोला लगायतका सामानहरु  नीर्माणको लागी तालिम सम्पन्न भएको छ ।तालिमको समापन समारोहमा स्थानीय २० जना महिलालाई प्रमाणपत्र समेत बितरण गरिएको छ । प्रमाण पत्र बितरण गर्दै वडाअध्यक्ष युवलाल श्रेष्ठले स्थानीय कच्चापदार्थबाट वनेका सामानहरू देख्दा भक्तपुर घुमेको अनुभव भएको बताउँनु भयो । उँहाले थोरै लगानीमा पनि यस्ता सामाग्री वनाउदा आम्दानिको बाटो खुल्ने वताउँनु भयो । यसै गरि उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले थोरै लगानिबाट पनि प्रशस्त आम्दानीको श्रोत वन्न सक्ने सीप सिकाउन पाउँदा खुशी लागेको बताउँनु हुँदै यस्ता सामान समुहमा मात्र नभयर घरमा एक्लै वनाउदानी हुने भएकोेले घरमा वनायर बेच्न समेत अनुरोध गर्नु भयो ।
यसैगरि वडा नं १४ नं. वडाको एकीकृत माझी बस्तिमा साबुन, हर्पिक, फिनेल जस्ता दैनिक प्रयोगमा आउने सामानहरु वनाउने तालिम सम्पन्न भएको छ । तालिममा सहभागीहरुलाइ प्रमाण पत्र बितरण गर्दै वडा अध्यक्ष उद्वव नेपालले सिकेको सिपको सदुपयोग गरि दैनिक खर्च समेत आउने भएकोले यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो । यसै गरी कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख विश्व नाथ काफ्लेले सिकेको सिपको सदुपयनेग गरि उद्यमी वनेमा कार्यालयले प्रबिधि समेत दिने बताउँनु भयो । हामिले अब मुख हैन हात चलाउने बेला आयको हुदा जस्को हात छिटो चल्छ उसैको घरमा चुल्होमा आगो बल्छ काफ्लेले सो अबशरमा भन्नु भयो ।