सम्पर्क

संघीय सरकारको निर्देशन नमान्ने पालिका, पालिकाको निर्देशन नमान्ने वडा

साँढेको जुधाई बाच्छाको मिचाई भने झै नेपालमा संघीयताको कार्यन्वयन पुर्णता नहुँदै केन्द्र सरकार र केही स्थानिय सरकारबिच आ–आफ्नै निर्णय लागु गर्ने प्रतिस्पर्धा चलेको छ । फागुन १ गते जनयुद्ध दिवसमा बिदा नदिने केन्द्रिय सरकारको निर्णयलाई चुनौती दिदै केही पालिकाहरुले बिदा दिएपछी पालिकालाई नै चुनौती दिदै मातहतका वडा कार्यालय खुलेका छन् ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका १४ वटा वडा मध्ये ८ वटा वडा कार्यालयहरु सञ्चालनमा रहेका छन् । वडा कार्यालय सञ्चालनमा रहे पनि नगरपालिकाको कार्यालय भने बन्द रहेको छ । सिन्धुपाल्चोकमा रहेको ३ वटा नगरपालिका मध्ये जिल्लाको सदरमुकाममा रहेको चौतारा साँगाचोकगढी नगरपालिका बन्द रहेको छ भने मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका खुल्ला रहेको छ । ्
चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वटा वडा कार्यालयहरु खुल्ले रहेका छन् । नेपाल कम्युनिष्ट पाटी माओबादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । सोही पाटीका प्रभावशाली नेता नारायण काजी श्रेष्ठ गृह मन्त्री हुनुहुन्छ । यस अबस्थामा माओबादी केन्द्रका प्रमुख भएका केही पालिकाहरुले बिदा दिएका छन् भने केही पालिकाहरुले भने पाटी र सरकारको नेतृत्वको अबहेला हुने गरी बिदा गर्न नसकिने बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लाकै बलेफी गाँउपालिकाका अध्यक्ष गगां बहादुर तामाङ प्रबेश माओबादी केन्द्रका नेता हुनुहुन्छ उहाँसँग सम्पर्क गर्दा उहाँले स्थानीय नागरिकको सुविधा र सिंहदरबारको सेवा गाउँमा भन्ने सुरु गरिएको दिवसलाई बिदा दिएर होइन जनताको काम छिटो छरितो गरेर नागरिकलाई सुबिधा दिन पर्ने भन्दै आफ्नो पालिका बन्द नरहेको र नागरिकले मागेको सेवा दिएर जनयुद्ध दिवस मनाइएको बताउँनु भयो ।
यसै गरी जुगल प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले जुगल गाँउपालिकाले सम्मानित अदालत र गृह मन्त्रालयको बिदा नदिने निर्णय भएकोले कार्यालय खोलेर सेवा दिइरहेको बताउँनु भयो । जिल्लामा रहेका ९ वटा पालिका मध्ये लिसङखुपाखर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले कार्यपालिकाको निर्णय बमोजिम बिदा दिइएको बताउँनु भयो ।
जिल्लामा रहेको लिसखुंपाखर गाँउपालिका बाहेक अरु पालिका खुल्ला रहेको थाहा हुन आएको छ । सर्वाेच्च अदालतले जनयुद्ध दिवसको सरकारी बिदा खारेज गरेपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेरै यस वर्ष फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रष्ट पारे पनी सर्वाेच्च अदालतको फैसला विपरीत माओवादी केन्द्रले जितेका केही स्थानीय तहमा सार्वजनिक बिदा दिने आफूखुशी निर्णय गरेका हुन् ।