सम्पर्क

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अरनिको राजमार्गको ५० किलोमा सवारी साधन एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कार्कीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवारी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय राजन दङ्गाल घाइते भएको प्रहरीले जनाएको छ ।