सम्पर्क

सुकुटेमा सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रको स्थापना

 सुनकोशी गाउँपालिका – ३ सुकुटे सेरा सिन्धुपाल्चोकमा सामुदायिक बनमा आधारित सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रको स्थापना भएको छ ।
सुनकोशी गाउँपालिकाको सहयोगमा साझा केन्द्र निर्माण भएको हो भने डिभिजन बन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा अटो सेमि दुना टपरी उत्पादन गर्ने डबल सिलिन्डरको मेसिन उपलब्ध भएको हो ।
अहिले सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रको व्यवस्थापन समितीले आधिकारिक रुपमा दर्ता गरि सञ्चालन गरिरहेको छ । साल्को पातबाट लाफा गासेर कच्चा पदार्थ तयार गरि दुना टपरी बोता उत्पादन गरि रहेको साझा केन्द्रका व्यबस्थापक शारदा प्रसाद चालिसेले बताउनु भयो ।
साथै कागजबाट पनि दुना बोता थाली प्लेट उत्पादन भएको छ । साझा केन्द्रको उत्पादन स्थानीय बजारमा बिक्री भईरहेको समेत उहाँले बताउनुभयो ।
बाताबरण संरक्षण प्लाष्टिक बिस्थापित गर्न धार्मिक सँस्कृतिकको संरक्षण गर्न महिलाहरुलाई आंम्शीक रोजगारी दिने उदेश्यका साथ सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र सुनकोशी गाउँ पालिका–३ सुकुटे सेरा मा स्थापना गरिएको साझा केन्द्रको व्यबस्थापन समितीको अध्यक्ष दिपक गिरिले बताउनुभयो ।
उक्त उद्योग सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष शारदा प्रसाद चालिसेको पहल र सक्रियतामा स्थापना गरिएको हो ।
गत मङ्सिर ८ गतेदेखी परिक्षणको रुपमा कागजबाट प्लेट, दुना, बोता उत्पादन सुरु गर्दै मङ्सिर २६ बाट गाउँगाउँबाट साल्को पात टिपेर लाफा तयार संकलन गरि दुना टपरी बोता उत्पादन गरेर बजारमा बिक्री बितरण गर्ने काम भईरहेको छ ।
अहिले यो साझा केन्द्रको व्यबस्थापन समिती ९ जनाको रहेको छ । साझा केन्द्रको कार्य क्षेत्र सुनकोशी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपूरासुन्दरी गाउँपालिका र जुगल गाउँपालिकामा रहेको छ ।