सम्पर्क

चन्द्रावती आविका विद्यार्थीलाई न्यानो कपडा, झोला र शैक्षिक सामाग्री वितरण

नवलपुर
चन्द्रावती आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीलाई न्यानो कपडा, झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । चन्द्रावती आधारभुत विद्यालय इन्द्रावती ८, गहतेको २६ औँ वार्षिकोत्सव तथा शैक्षिक मेला प्रदर्शनीको अवसर पारेर न्यानो कपडा, झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो । लायन्स क्लव काठमाण्डौ फेलोसिप र लायन्स क्लव काठमाण्डौ इन्टरप्रेनरसीपको आयोजनामा सो सामाग्री वितरण गरिएको हो ।
समाजसेवी मोहन बहादुर गिरिको सहयोगमा सो सामाग्री वितरण गरिएको इन्द्रावती ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयको २७ जना विद्यार्थीहरूलाई न्यानो कपडा (ट्र्याक सुट), झोला तथा शैक्षिक सामाग्री वितरण गरिएको समाजसेवी मोहन बहादुर गिरिले जानकारी दिनुभयो । साथै ८ जना शिक्षकहरूलाई न्यानो कपडा समेत दिइएको छ ।
हाल सम्म इन्द्रावतीका १ हजार भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्री, न्यानो कपडा र झोला बितरण गरिसकेको समाजसेवी मोहन बहादुर गिरिले जानकारी दिनुभयो । गिरिको सहयोगमा फागुन ६ गते श्री नवलपुर मावि इन्द्रावती ४ का ३०० भन्दा बढी विद्यार्थीहरूलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री वितरण गर्न लागीएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै लायन्स क्लव काठमाण्डौ इन्टरप्रेनरसीप का चार्टर प्रेसीडेन्ट अम्विका तिमल्सिनाले लायन्स क्लवले आगलागी पिडितहरू, विद्यालयका विद्यार्थी लगायतलाई सहयोग गर्दै आएको बताउनुभयो । सो अवसरमा तिमल्सिनाले सामुदायिक विद्यालय संस्थागत भन्दा अव्वल रहेको दावि गर्नुभयो । त्यस्तै लायन्स क्लव काठमाण्डौ फेलोसिपका प्रेसिडेन्ट राजेश हिमालयले लायन्स क्लवले सामाजिक कामहरू गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि शैक्षिक क्षेत्रको लागि सहयोग गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो । सो अवसरमा समाजसेवी मोहन बहादुर गिरि, लायन्स क्लव काठमाण्डौ इन्टरप्रेनरसीप का चार्टर प्रेसीडेन्ट अम्विका तिमल्सिना, लायन्स क्लव काठमाण्डौ फेलोसिपका प्रेसिडेन्ट राजेश हिमालय लगायतलाई विद्यालयले सम्मान गरेको थियो ।