नवलपुर
इन्द्रावती गाउँपालिका वडा नं ४ का ४४ जना युवा व्यवसायीहरूले टाकुरे आगलागी पिडितलाई आर्थिक सहयोग गरेका छन् । उनिहरूबाट संकलित ७० हजार रूपैयाँ बुधवार पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
शुक्रवार विहान अन्दाजी ५ बजे इन्द्रावती ४ टाकुरेका व्यवसायी रामकृष्ण जगुरेलको आवास भवन, कुखुराको टहरा लगाएत अन्नपात, लत्ताकपडा र भाँडाकुँडा समेत आगलागीमा परेर भएको क्षति प्रति इन्द्रावती –४ का युवा व्यवसायीहरुले दःख ब्यक्त गरेका छन् ।
व्यवसायी माथी परेको दुःखमा मलम पट्टि लगाउने उद्देश्यले सहयोग संकलन गरिएको अरूण मोटरसाइकल वर्कशपका प्रोपाइटर युवा व्यवसायी अरूण लामाले जानकारी दिनुभयो । आगलागी पश्चात् इन्द्रावती ४ का युवाहरू एकजुट भएर सहयोग गर्ने निर्णय गरेको लामाले बताउनुभयो ।
समुदायमा बसेपछि एकले अर्कालाई सहयोग गर्न आवस्यक भएको विवेक नुडल्सका प्रोपाइटर कृष्ण बहादुर तामाङले बताउनुभयो । समुदायमा पर्ने यस्तो विपदमा आफु सदैव सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।
दुःख परेको बेला सबैले एकले अर्कालाई सहयोग गर्नपर्ने व्यवसायी शिव सापकोटाले बताउनुभयो । ’दुःख पिडामा हामी पार्टी नभनी एक हुनपर्छ’, उहाँले भन्नुभयो । ’दुख सबैलाई पर्छ, नआतिनुस हामी छौँ’, सापकोटाले थप्नुभयो । सहयोग रकम बुझ्दै पिडित रामकृष्ण जगुरेलले दुःख पर्दा युवाहरूको साथ सहयोग पाएकोमा खुसी ब्यक्त गर्नुभयो । सबैको साथ सहयोगको कारण पुरानै लयमा फर्किएर ब्यवसाय गर्ने हौषला थपिँदै गएको उहाँले बताउनुभयो । शुक्रवार बिहान अन्दाजि ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलको घरसंगै रहेको कुखुराको टहरोबाट आगो लागेको र टहरा सहित घर जलेर नश्ट भएको थियो । आगलागीका कारण अनुमानीत ३५ लाख बराबरको क्षति भएको थियो ।
यसअघि मेलम्चीका युवा ब्यबसायीहरूले ३५ हजार सहयोग गरेको थियो ।
