सम्पर्क

सिन्धुपाल्चोकका तेक्वान्दो खेलाडिलाई नगर प्रमुख बस्नेतद्धारा शुभकामना सहित बिदाई

बाह्रबिसे
जैशिदेवल युवा क्लव काठमाडौंको आयोजनामा माघ २५ गते देखि २७ गतेसम्म हुने चौथो बागमति प्रदेश स्तरीय मेयर कप तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडिहरुलाई बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जितको अग्रिम शुभकामना सहित बिदाई गर्नु भएको छ ।
नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमिति मार्फत बाह्रबिसे नगरपालिकाको प्रतिनिधित्व गरि प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूको टिम कोच माधव बिक र टिम मेनेजर कुमार बस्नेतको नेत्तित्वमा २३ के.जिदेखि ५४ के.जि समूह अन्र्तगतका १६ खेलाडीले भाग लिएका छन् ।
माघ २५ देखि २७ गते सम्म ललितपुर स्थित सातदोबाटो नेपाल तेक्वान्दो संघको भवनमा हुनेछ । तिन दिनसम्म हुने प्रतियोगितामा बागमति प्रदेश भरिका महानगरपालिका, उप महानगरपालिकाका र नगरपालिकाको २० टिमले भाग लिने छन् ।
कार्यक्रममा नगर प्रमुख बालकृष्ण बस्नेतले सफलताको कामना सहित पदक बिजेता खेलाडीहरुलाई भ्रमण लाने खेल खेल्दा लागेको चोट पटकको समेत उपचार नगरले गर्ने सहभागी हुँदा लागेको खर्च समेत नगरले ब्यहोर्ने बताउँदै तेक्वान्दो खेलको लागि जुनसुकै सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनुसाशित भएर खेल खेल्न आग्रह गर्दै सिन्धुपाल्चोकको नाम राख्न तेक्वान्दो खेल र खेलाडीलाई आफू सधै सहयोग गर्ने र पदक बिजेता खेलाडीलाई नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले मुल्यांकन गरिने संघका अध्यक्ष तथा सिन्धुपाल्चोकका तेक्वान्दोका जन्म दाता प्रेम बहादुर भण्डारीले बताउँनु भयो ।