सम्पर्क

सिन्धुपाल्चोकमा सुरु भयो ट्राफिक सप्ताह

सिन्धुपाल्चोकमा एक हप्ते ट्राफिक सप्ताह सुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि टा«फिक सप्ताह २०८० मनाइन लागेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।     
चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा र निमित्त प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको बिशेष आतिथ्यतामा ट्राफिक सप्ताह शुभारम्भ भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले कार्यक्रमको उद्धघाटन गर्दै मानिसको सानातिना गल्तीले ठुलो नोक्सानी हुने हुँदा सानातिना गल्तीबाट बच्न पर्ने बताउँदै सवारी दुर्घटना कम गर्नका लागी नगरपालिकाबाट सहयोग हुने बताउँनु भयो ।
उहाँले ट्राफिक नियमको पूर्णरुपमा पालना नगर्दा सवारी दुर्घटना घटनाहरु वर्षेनि बढ्दै गएको बताउदै ट्राफिक सप्ताह कार्यक्रमले सर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी धेरै जनचेतना पुग्ने बताउनुभयो ।
बिशेष अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले बिस्तारै गए अबश्य पुगिन्छ छिटो गए भन्न सकिदैन भन्दै ट्राफिक नियम पालना नगर्दा सवारी चालकहरु तथा व्यवसायीले दुख पाउँने बताउँनु भयो ।
उहाँले सवारी चलाउँदा मात्र होइन पार्कीङ्ग गर्दा पनी ध्यान दिन पर्ने बताउँनु भयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिब श्रेष्ठले चौतारा बजारमा हुने ट्राफिक समस्या समधान गर्नका लागी ट्राफिक पोष्टको आबश्यक भएको बताउँनु भयो ।  यसैगरी नेपाल पत्रकार महासंघका सभापती जिवन श्रेष्ठले साना सवारी साधन चलाउँने केही चालकहरुसँँग लाइसन्स बिलबुक समेत नहुने गरेको सुन्नमा आएको हुँदा यस प्रति ध्यान दिन पर्ने बताउँनु भयो । माघ २५ गतेदेखी फागुन २ गतेसम्म मनाइने ट्राफिक सप्ताह कार्यक्रम जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र जिल्ला ट्राफिक कार्यालयको आयोजनामा सप्ताहको पहिलोदिन सदरमुकाम चौतारामा जनचेतनामुलक सम्बन्धी प्लेकार्ड बोकेर प्रभातफेरी बजार परिक्रमा गरि सप्ताह शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा जिल्लाका सरकारी कर्मचारी व्यबसायी,बिद्यार्थी, राजनितिक दलका नेता र बिभिन्न संस्थाहरुको सहभागिता रहेको थियो । ट्राफिक सप्ताह अन्तर्गत यो हप्ता भरी सिन्धुपाल्चोकमा चालक ,सहचालक र पैदलयात्रीहरुलाई ट्राफिक साक्षरताका साथै सडक क्रस गर्दा बाटो काट्ने तरिका लगायतका बिषयमा जानकारी दिईने लगाएतका काय्रक्रम हुने भएको छ । मा.प.से तथा ला.प.से चेकिङ, स्कुल बस चालकलाई प्रशिक्षण, चालक तथा सहचालकहरुलाई स्वास्थ्य परीक्षण गरिने, ग्रामिण भेकका चालक र सहचालकलाई ट्राफिक नियम सम्वन्धि प्रशिक्षण दिईने जिल्ला प्रहरी सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक बालनरसिंह राणले उद्धघाटन समारोहको समापन गर्दै जानकारी दिनुभयो । कार्यक्रममा सवारी चलाउनु पूर्व सवारीको यान्त्रिक अवस्था चेकजाँच, लेन अनुशासनको पालना गरौँ । सवारी साधनको सिट क्षमता भन्दा बढी यात्री नराखौँ। हेलमेटको फित्ता तथा सिट बेल्ट राम्रो सँग बाँधौँ, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ हतार, मानसिक तनाव, थकान, चिन्ता र अत्यन्त खुशीमा सवारी नचलाऔँ, मादकपदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ भन्ने नारा, वानर र प्लेकार्ड सहित सदरमुकाम बजारमा सचेतनामूलक शन्देस दिदै ट्राफिक सप्ताहको शुरु गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथी सिता थापाले सानै देखी हेलमेट का साथ सुरक्षित यात्राको शन्देस दिन बिद्यालयको छात्रालाइ हेलमेट समेत प्रदान गर्नु भएको थियो ।