सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका वडा नं६मा पिता परम बहादुर श्रेष्ठ र माता दिल माया श्रेष्ठको कोखबाट २०२४जेठ २२मा जन्मनु भएका बिकास प्रेमी समाजसेवी कुल बहादुर श्रेष्ठ हाल वडा नं६मा वडा अध्यक्ष हुनुहुन्छ। प्रस्तुत छ उहाँसँग रेडियो लोकप्रिय नेत्रज्योति १०६.६ मेगाहर्ज बाह्रबिसे विज्ञापन व्यवस्थापक फूडोमा शेर्पाले लोकप्रिय समाचार राष्ट्रिय दैनिकका लागी गर्नुभएको छोटो कुराकानी
यँहाको परिचय ?
मेरो नाम कुल बहादुर श्रेष्ठ हो , म वडा नं ६ को वडा अध्यक्ष हु। मेरो बुबाको नाम परम बहादुर श्रेष्ठ भने आमाको नाम दिल माया श्रेष्ठ हो मेरो जन्म २०२४ जेठ २२ गते भएको हो , म अहीले बाह्र्बिसे नगरपालिका वडा नं ६को वडाअध्यक्षको म्मिेवारी बहन गरिरहेको छु ।
निर्वाचित हुने बेलाको अनुभव कस्तो रह्यो ?
नेपालमा सघीयता लागु भए पछी दोश्रोपटक भएको स्थानीय निर्वाचनमा म पनी वडा अध्यक्षको उम्मेद्वार बन्न पाए । २०७९को मतदानमा हाम्रो मतदान केन्द्र डाडाकटेरीमा रहेको थियो।वडा नं ६ को एक मात्र मतदान केन्द्र मतदानको बेला ७ बजेदेखि ५ बजेसम्म मतदान भई नगरपालिकामा मत गन्नका लागी मत पेटीका लगीयो त्यस बेला खाशै नँया अनुभव भएन तर निर्वाचन जिते पछी गर्न पर्ने कामका बारेमा सोच्न र कसरी वडालाइ बिकसित वडा कायम गर्नै भन्ने सोचले डेरा जमाउँन थाल्यो । मतदान भनेपछि खट्नु नै पर्छ।त्यतीबेला हामीले पनि खटेका थियौँ।साथीभाइले साथ दिएका थिए र मेरो अनुभव राम्रो नै रहेको थियो। हामीले खटेर निर्वाचन जिते पछी त्यसरी नै खटेर काम गर्न पर्छ भन्ने सोचका साथ अगाडी बढ्ने भएकाले निर्वाचन ले जिम्मेवारी थपीउको अनुभब भयो ।
निर्वाचन मा गरेका प्रतिबद्धता के के थिए ? कसरी काम गरिरहनु भएको छ?
निर्वाचन ताका गरेको प्रतिबद्धता भनेकै वडाको बिकास गर्ने हो हामीले खानेपानी शिक्षा, स्वास्थ्य, स्थानीय उत्पादनमा सहयोग, रोजगारको ब्यवस्था जस्ता कामहरु गर्छाै भनेका थियौ त्यो अनुसार गरेका छौ जनप्रतिनिधि भइकन जनताको हितको लागि नै उभिएको हो २ वर्षको कार्यकाल हुदै छ जनताको सेवा गरि नै रहेका छौ भौगोलिक क्षेत्रलाइ हेरेर यस वडालाई कृषि योग्य बनाउने हाम्रो प्रतिबद्ध रहेको छ त्यो अनुसार काम गरिरहेका छौ मान्द्रमा ६२रोपनीमा चियावगान सुरूवात भएको छ।८०÷८१मा ३०० रोपनी चियाबगान बनाउने र ५ वर्षभित्रमा २००० देखि ३००० रोपनी बनाउने हाम्रो लक्ष्य रहेको छ। पर्यटकीय क्षेत्रतर्फ पनि विकास गर्ने हाम्रो प्रतिबद्ध रहेको छ।यसको कारण २÷३वर्षमा फाइदा देखिन्छ। अहिले हामी लागिपरि रहेको छौ
यसको मतलब अहिले कति काम गरि सक्न भयो र कति काम बाकी छ?
यस बर्ष धेरै काम गरेका छौ । प्रत्यक्ष रुपमा वडाबासीलाइ सहयोग हुने काम गरिरहेका छौ । हामीले बजेट बिनीयोजन गर्दा साना साना कामको लागी भँदा पनी उपलब्धी मुलकमा राखेका छौ । जस्तै डाडाँकटेरीको बाटोमा१९ लाखको बजेट विनियाजन गरेका छौ , अर्को कालीदेवी मा.वि.मा१९ लाखको बजेट हालेको छौ चियापति बनाउनेमा ७लाखको बजेट हालेको छौ कार्यलय सञ्चालनको लागि भने ५ लाख विनियोजन गरेका छौ यसले पनी हामी साना साना भन्दा पनी उत्पादनमुखीमा केन्द्रीत रहेका छौ ।
पहिलाको बजेट खानेपानी,विधालय,सडकको लागि नै बिनियोजन गरेको थियो।
नगर प्रमुखसँग कसरी सम्मन्वय गरिरहनु भएको छ ?
नगर प्रमुख अर्को पार्टीको भएपनि उहाँ राम्रो हुनुहुँदो रहेछ। उहाँ धेरै कुरामा सहयोग गरिरहनुभएको छ। उँहा एक समाज सेवीमा हुन पर्ने गुण भएको मानीस उँहाले निर्वाचन अगाडी जे जस्तो गर्नु भयो त्यो समाज सेवा नै थियो त्यसैले नगरबासीले उँहालाइ जिताएको हो । नगर प्रमुख भए पछी पनी बाह्र्बिसे नगरपालिकामा कुनै पनी भेदभाव नगरी सबैलाइ समान ब्यवहार गर्नु भएको छ । मलाइ यसैमा खुशी लागेको छ । शुरुमा राजनिती दल छटै् छ मैले कसरी काम गर्ने हो भन्ने चिन्ता थियो तर उँहासँग काम गर्दा त उँहाका पाटीका साथीहरुले जितेका वडा र मेरो वडामा कुनै पनी भेदभाव गरिएन । जे काम गरेपनी सल्लाह सुझाब लिने काम गर्नु भयो मलाइ फरक पाटी भएको महशुस हुँदै भएन मेरो सम्बन्ध राम्रो छ । खाश गरी नगर प्रमुख अरुबाट लिएर होइन आँफैले दिएर काम गर्ने मान्छे , उँहा सँधै किासका बारेमा नगरबासीका बारेमा चिन्ता लिइरहने यस्ता ब्यक्ती नगर प्रमुख हुनुहुन्छ उँहा सँग सम्बन्ध रामे छ ।
विकास निर्माणमा यहाँको कस्तो भूमिका रहेको छ?
खाश गरी आबश्यकता र उत्पादन मुखी काममा बिकासका कार्यक्रम हरु गरिरहेका छौ । नगर प्रमुखले स्थानीय स्तरमा उत्पादन हुने खालका बिषयमा चासो राख्नु भएको छ हामीले पनी स्थानीय रोजगार स्थानीय उत्पादनका काममा लागेका छौ । वडाको बिकासको कुरा गर्दा २०७४मा पनि विकास निर्माणको काम भइसकेको थियो तर कोभिड , बाढीपहिरोको कारण जुन विकास रोकिएको छ त्यसलाइ नै हामी निरन्तरता दिदै छौ ।
वडा कार्यलयमा कतिको व्यस्तता हुदो रहेछ ?
वडा कार्यलयमा व्यस्ताता नहुने कुरै भएन वडा बासीको सेवाका लागी आफु ब्यस्त हुनै पर्यो । फेरी नागरिकको अति महत्वपुर्ण कामहरु जस्तै नागरिकता,जन्मदर्ता,तिरोजस्ता कामहरु भइरहन्छ त्यसका लागी पनी समय दिन पर्छ बिहान १० बजे देखि ५ बजे सम्म व्यस्तता नै हुन्छ। कहीले कँही बिदाका दिनमा पनी काम गर्नु पर्छ । जसरी वडाबासीको हित हुन्छ त्यसै गरी आफुले काम गर्नु पर्छ त्यसैले व्यस्ता भइरहनु परेको छ ।
नगर र वडाका बजेट कसरी परिचालन गरिने गरेको छ
नगरमा जम्मा बजेट ६८ करोड रहेको छ । बजेट बिनीयोजन गर्दा नगर प्रमुख स्वयमले सबै वडालाइ बराबर बिनीयोजन हुन पर्छ सबै वडाअध्यक्षहरुको बराबर हक लाग्छ भन्ने मान्छे । उँहाले सबैको लागी समान व्यवहार गर्नु भएको छ । बजेटको आकार ठुलो देखीएता पनी सबै क्षेत्र जस अन्तर्गत शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी पर्दोरहेछ यसरी आबश्यक बजेट बिनीयोजन गर्दा वर्षेनी करोडौं बजेट आए पनि वडामा आउने भनेको ५० लाखको हारहारीमा हो।सबै वडालाई एकै समान बाढ्ने हुदा धादली भएको जस्तो लाग्दैन।यसरी नै बजेट बिनियोजन गरेको छ।खासै कार्यनितिमा आउने बजेट भनेको २२÷२३ करोड बजेट हो। पहिलाको नगरमा बजेट ३५ करोड थियो अहीले घटेको छ । तैपनी बिकासका लागी हामी सबै लागी परीरहेका छौ ।
अन्तमा यँहाको भनाइ के छ ?
मेरो ३ वर्षको कार्यकाल बाकी छ।सम्भव भएसम्म विकास गर्ने छु। सेवा भन्नाले विकासको मात्रले पनि हुदैन,एक भावनाले पनि हुन्छ। केही गर्नु पनि सेवा हुन्छ। भन्ने मलाइ लागेको छ ।खाश गरी बिकास निर्माण लगाएत बिभिन्न काममा सहयोग गरिरहनु भएका वडाबासीहरुलाइ बिशेष धन्यबाद दिदै सहयोगको निरन्तरताका लागी आग्रह गर्दछु । साथै मेरा केही भनाइहरु राख्ने मौका दिनु भएकोमा तपाइ रेडियो लोकप्रिय नेत्रज्योति १०६.६ मेगाहर्ज बाह्रबिसे विज्ञापन व्यवस्थापक फूडोमा शेर्पा र लोकप्रिय समाचार राष्ट्रिय दैनिकलाइ बिशेष धन्यबाद दिन चाहान्छु ,धन्यबाद