सिन्धुपाल्चोक, २७ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताउनुभएको छ ।
आज नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “पैसाको अभावमा उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने छैन, पैसा नभएर पनि उपचार गराउने जिम्मा सरकारले लिने छ ।” नेपाली नागरिकको जीवन रक्षाका लागि आफू र मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार गर्न नपाउँदा गाउँमै थन्किएको छु भन्ने दिनको अन्त्य भएको मन्त्री बस्नेतको भनाइ थियो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सुरक्षाका लागि म र मेरो मन्त्रालय सधैँ अग्रसर छ, म दाबाका साथ भन्छु, पैसा नभएर उपचार रोकिदैन, पैसा नभएर उपचार नपाएका मेरो सम्पर्कमा आउनुहोला, म निःशुल्क उपचार गर्नेछु ।” मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएकाका लागि सरकारी अस्पतालमा निःशुल्क उपचारको थालनी भएपछि बिरामीको चाप बढ्न थालेको बताउनुभयो । उहाँले अस्पताल, फार्मेसी र मेडिकल कलेजलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँमा सुधार आइरहेको समेत जिकिर गर्नुभयो । अस्पतालले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उहाँको भनाइ छ । यसैगरी मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नागरिकका अधिकार भएकाले स्वास्थ्य सँगसँगै शिक्षालाई पनि निःशुल्क गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “बाच्न र पढ्न पाउने नागरिकका नैसङ्र्गिक अधिकार हुन्, कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्नुपर्छ भन्ने मेरो धारणा हो, यसका लागि म लागिरहेकै पनि छु ।” उहाँले शिक्षकले पनि आफ्ना माग पूरा गर्ने नाममा राजनैतिक दलका भातृसङ्गठन जस्तो आन्दोलन गर्न नहुने तथा सभ्य तरिकाले आफ्ना माग राख्नुपर्ने बताउनुभयो ।रासस